२०८१ देखि पार्टीलाई नयाँ तरिकाले अगाडि बढाउँछाै : काेमल वली

दङ्गिशरणमा दुई दिने पार्टी प्रशिक्षण कार्यक्रम


नेकपा एमालेका केन्द्रीय  सदस्य काेमल वलीले पार्टीलाई नयाँ तरिकाले अगाडि बढाउन २०८१ देखि पार्टी सदृढिकरण र सुद्दिकरण गरेर लैजाने बताउनुभएको छ । नयाँ वर्षदेखि मिसन ८४ पूरा गर्न नयाँ तरिकाले अगाडि बढ्नुपर्ने बताउनुभयाे । उहाले पार्टी र संगठनलाई बलियाे बनाउन हरेक नेता तथा कार्यकर्तामा राजनीतिमा राजनीतिक चेतना भएको , आ र्थिक भ्रष्ट नहुने गरि आर्थिक रुपमा बलियाे हुन, नैतिक रुपमा नैतिकवाण हुन र सास्कृतिक रुपमा सामाजिक भएर अगाडि बढ्न निर्देशन दिनुभयो । नेपाल कम्युनिस्ट पार्टी एमाले दङ्गिशरण गाउँ कमिटी द्वारा आयाेजित पालिका स्तरिय प्रशिक्षण कार्यक्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हाे ।

दङ्गिशरण गाउँपालिकामा भएको पार्टी प्रशिक्षणात्मक कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि समेत रहनुभएकि वलीले नयाँ सदस्यहरुलाइ ठाउँ दिनेगरि चैत मसान्तसम्म टाेल कमिटी गठन गर्ने, प्रदेश भित्रका सम्पुर्ण वडाहरुमा चैत ५ गते वडास्तरिय सदस्यहरुकाे परिक्षा गर्ने तयारी गर्ने, आन्तरिक समस्या समाधान गर्न पार्टी सुदृढीकरण गर्नुपर्ने , जनतामा आधारित समस्या , चुनाैतिका विषयमा समिक्षात्मक प्रतिवेदन तयार गर्ने केन्द्रीय कमिटिले निर्णय गरेकाे जानकारी दिनुभयो । यसका साथै पार्टीभित्र सहमति खाेज्ने र प्रतिस्पर्धामा जानका लागि स्वस्थ विधि निर्माण गरेकाे बताउनुभयो ।

साे अवसरका नेकपा एमाले दाङ जिल्ला सचिव मनाेहर बुढाथोकीले पार्टीलाई सुदृढ, सबल बनाउन प्रशिक्षणकाे आयाेजना गरेकाे भन्दै हरेक सदस्हरु विनम्रता अपनाउनु पर्ने र सरल, सहज तरिका बाट पार्टीलाई गतिशिल बनाउनुपर्ने, जनताका समस्याको नजिक भएर काम गर्नुपर्ने , हरेक पंक्तिलाई पुनरताजकि बनाउनुपर्ने बताउनुभयो ।

दङ्गिशरण गाउँपालिका नेकपा एमालेका अध्यक्ष रेशम वलिकाे अध्यक्षता तथा राष्ट्रिय सभा पुर्व सदस्य तथा दङ्गिशरण गाउँपालिका इञ्चार्ज काेमल वलीकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे ।

प्रशिक्षणात्मक कार्यक्रमकाे प्रशिक्षकमा   प्रदेश कमिटी सदस्य नवराज लामिछाने , विनाेद के.सि.,विवेक श्रेष्ठ , सिमा न्याेपाने लगाएतका रहनुभएकाे छ।

नेकपा एमाले गाउँपालिका कमिटीकाे आयाेजना तथा जिल्ला स्कुल बिभाग नेकपा एमाले दाङकाे समन्यमा प्रशिक्षणात्मक कार्यक्रमकाे शहरीकरण गाउँपालिकाका निवर्तमान पार्टी अध्यक्ष भरत अधिकारीले गर्नुभएको थियाे ।

कार्यक्रममा दङ्गिशरणका नेता तथा कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे ।

प्रशिक्षण भाेली पनि जारी रहनेछ । नेकपा एमालेले प्रशिक्षण कार्यक्रम जिल्ला र प्रदेशमा गर्दैछ । यसअघि शान्तिनगर र बबई गाउँपालिकामा नेकपा एमालेले प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेकाे छ ।

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस्