स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किदै गरेको कार दुर्घटना



प्यूठानमा कार दुर्घटना हुँदा चार जना घाइते भएका छन् । स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किएको भारतीय नम्बर प्लेटको यूपी ५६ ए ए ४२२२ नम्बरको कार दुर्घटना बुधबार दिउँसो स्वर्गद्वारी नगरपालिका–४ भिङ्ग्रीको टाकुरा थुम्कामा दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुने सबै जना भारतीय रहेको इलाका प्रहरी कार्यालय भिंग्रिले जनाएको छ ।

दुर्घटनामा परि भारतको बढनीनगरको सिद्धार्थनगर बर्गदहदा बस्ने ५३ वर्षीय विरेन्द्र पाण्डे , ४३ वर्षीया सुभद्धा पाण्डे, १७ वर्षीया जया पाण्डे, ५५ वर्षीया शिला पाण्डे, ४५ वर्षीय अलिलेख कुमार पाण्डे घाइते भएको इलाका प्रहरी कार्यालय भिंग्रिका प्रहरी निरीक्षक नविन कुमार थापाले जानकारी दिनुभयो ।

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रिमा उपचार भइरहेको छ । घाइतेको अवस्था समान्य रहेको प्रहरी निरिक्षक थापाले बताउनुभयो । कार बेक्र फेल भई सडकबाट २० मिटर तल खसेको हो ।

प्रकाशित मिति : २०८१ असोज ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस्