प्रेस चौतारी नेपाल दाङ शाखाले साधरणसभा बैशाख १८ गते घोराहीमा गर्ने भएको छ । चौतारी दाङको सनिवार तुलसीपुरमा बसेको बैठकले साधरणसभासँगै बनभोज कार्यक्रम गर्ने निर्णय गरेको चौतारी दाङका सचिव किरण गौतमले जानकारी दिनुभयो। साधरणसभामा चौतारीका जेष्ठ सदस्य तथा अगुवालाई सम्मानसँगै पुरस्कार समेत वितरण गरिने भएको छ ।
साधरणसभामा वितरण गरिने पुरस्कार छनौट गर्न चौतारी दाङका उपाध्यक्ष प्रेमबहादुर राम्जा, सुधा सुमन ढकाल र जे एन सागरलाई जिम्मा दिएको छ । बैठकले चौतारीको सदस्यता नविकरण, नयाँ सदस्यता आवेदन आह्रवन गर्ने निर्णय गरेको छ । यस्तै घोराही र लमहीमा चैत ७ भित्र चौतारीको भेला र प्रशिक्षण गर्ने निर्णय गरेको छ । चौतारीले यस अघि जिल्लाका ८ पालिकामा भेला तथा प्रशिक्षण गरिसकेको छ । बैठकले साधरणसभामा प्रस्तुत गरिने सांगठिनक प्रतिवेदन र आर्थिक प्रतिवेदन तयार पार्न सचिव गौतम र कोषाध्यक्ष गोकर्ण पौडेललाई जिम्मा दिएको छ । बैठकमा नेकपा एमाले दाङका अध्यक्ष हुकुमबहादुर बस्नेतले चौतारीले गरेका कार्यलाई प्रभावकारी बनाउनुपर्ने बताउँन्ुभयो । उहाँले भन्नुभयो पार्टीका कामलाई संचारसँग जोडने मुख्य काम पत्रकारको हो’ ‘ यसमा यहाँहरुले रचानात्मक भूमिका निभाउदै आउनु भएको छ । त्यसलाई थप प्रभावकारी बनाउने काम गर्नुस ’ ।
बैठकमा नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीले संगठनको कामलाई व्यवस्थित बनाउन सुझाव दिनुभयो । पार्टीले सञ्चालन गरेको ग्रास रुट अभियान जिल्लाका केही वडा बाहेक अधिकांस वडामा भैसकेको वताउनुभयो । चौतारी दाङका अध्यक्ष इन्द्र डिसीको अध्यक्षतामा भएको कार्यक्रममा चौतारी दाङका इन्चार्ज गणेश आचार्य, चौतारी सल्लाहकार जे.एन सागर लगाएतले आ आफनो भनाई राखेका थिए । चौतारी दाङका उपाध्यक्ष प्रेम राम्जाको स्वागत मन्तव्यवाट सुरु भएको बैठकको सहजिकरण सचिव किरण गौतमले गर्नुभएको थियो ।