रोजगारीमा अवसर तिव्र नहुनुले युवाहरु विदेशिने क्रम बढ्दै गएको एक कार्यक्रममा बाेल्ने बक्ताहरुले बताएका छन् । सहि ढंंगले नीति निर्माण नगरी मानवीय विकास नहुदा सम्म युवा पलायनकाे क्रम नराेकिने उनिहरुकाे ठहर थियाे । ७६ औँ अन्तराट्रिय मानव अधिकार दिवसका अवसरमा मंगलबार मानव अधिकार तथा शान्ति समाजद्वारा तुलसीपुरमा आयोजित नागरिक संवाद कार्यक्रममा सराेकारवालाहरुले यस्तो बताएका हुन् ।
मानवअधिकारकर्मि शुष्मा लामिछानेले कानुन निर्माण गर्ने निकाय जिम्मेवार हुनुपर्ने भन्दै राेजगारि सिर्जनाका लागि उहीँ अनुसारको कार्यक्रमका लागि वजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । “अब परिणाममा जानुपर्छ , बढ्दाे युवा पलायन राेक्न गम्भीर भएर याेजना बनाउनुपर्छ । राेजगारि सिर्जना गर्ने खालका तीन तहका सरकारले याेजना निर्माण गरि ब्यवसायिक रुपमा जीवन सुनिश्चितता हुने खालका राेजगारि सिर्जना गर्नुपर्छ । जसकाे जुन याेग्यता छ त्यसमा राेजगार दिने वातावरण बनाउनुपर्छ ।”-उहाँले भन्नुभयो ।
राप्ती बहिरा संघका अजयदिप शर्माले बिदेश पलायन हुनु नै राेजगारिकाे अभाव भएको बताउनुभयाे । जिम्मेवार सरकारकाे भए पनि पन्छिने गरेकाे गुनासाे गर्नुभयाे ।
महिला अधिकारकर्मि पदमा चाैधरीले स्थानिय तहमा विदेश पलायन कति भए सुचिकृत हुन नसकेकाे भन्दै बाहिरि देशमा भएकाहरुकाे पालिकाले अभिलेख राख्नुपर्ने बताउनुभयो ।
नेपाली काग्रेसका जिल्ला सहसचिव राजु आचार्य, नेकपा एमालेका नेता बिष्णु केसी, नेकपा माओबादीका नेता डिल्ली अधिकारी,राष्ट्रिय स्वतन्त्र पार्टिका नेतृ संगिता ढकाल, राष्ट्रिय जनमोर्चाका नेता एवम अधिबक्ता उत्तम भण्डारी र नेकपा(बिप्लप नेतृत्व) बिजय मल्लले राजनीतिक दलका केही नेताहरुका कारण पनि युवाहरु बिदेश पलायन हुने र आर्थिक लोभका कारण युद्धरत देशहरुमा सैन्यभर्ना हुने गरेको बताउनुभयो । विकासाेन्मुख देश बनाउन युवाहरुलाइ नेपालमै बस्ने वातावरणकाे सिर्जना गर्न सबै पार्टी मिल्नुुपर्ने जरुरी रहेकाे बताउनुभयो ।
केन्द्रीय सचिव निर्मल नेपाली, प्रेेस स्वतन्त्रता सेननि टिकाराम रेग्मिले स्थानीय पालिकाकाे नीति तथा कार्यक्रममा युवा राेजगार भन्ने बिषय धेरै उल्लेख भएपनि कार्यान्वयन नभएको बताउनुभयो । युवा पलायन राेक्न सीप सिकेर एति बर्षमा फर्किनुपर्छ भन्ने राज्यले संयन्त्र बनाउनुपर्ने भन्दै दलहरुले सयुक्त रुपमा बसेर युवाका निम्ति काम गर्नुपर्ने बताउनुभयो ।
बबई गाउँपालिका अध्यक्ष कुल बहादुर के सिले मानव अधिकार र स्वतन्त्रता का कुरा कुनै राजनितीले बाध्न नसक्ने बताउनुभयो । सत्तामा बस्नेकाे र सत्ता बाहिर बस्नेकाे सत्ता एकनासमा हुनुपर्ने बताउनुभयो ।सत्ता सञ्चालकहरुसँग समृद्धिका लागि आवश्यक सोच, दृष्टिकोणको कमि लगायत अनेकौ कारणले नागरिकहरुमा असन्तुष्टि बढ्दै गएकाले विदेसिने क्रम बढेको बताउनुभयो ।
अपांग सुधार केन्द्र इश्वरी खड्का,राष्ट्रिय अपाङ् संघका देवा डाङ्गि,तुलसीपुर उधाैग बाणिज्य संघका विश्व बस्नेत , ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिल सिंह ठकुरी ,नागरिक समाजका प्रमिला तिवारी लगाएतले नेपालका युवा विदेश पलायन , सैन्य भर्ना राेक्नका लागि सबै तहबाट आवाज उठ्न जरुरी रहेको बताएका थिए ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका निर्वतमान केन्द्रिय बरिष्ठ उपसभापति सुशील बस्नेतले बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा बिषयक अवधारणा पत्र प्रस्तुत गर्नुभएको थियो ।
शाखा सभापति कोमल डिसीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हाे ।
उपसभापति अमृतप्रसाद शर्माकाे स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमकाे शहजिकरण सचिव माधव बस्नेतले गर्नुभएको थियो ।
शान्ति समाजले १० डिसेम्वरलाई अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रत्येक बर्ष बिबिध कार्यक्रम गरि मनाउदै आएको छ ।