सहकारीले उद्यमी सदस्यलाई नि:शुल्क बिमा गरिदिने



दंगीशरण गाउँपालिमा वडा नं.२ कलमखाेला, दाङमा रहेकाे हाम्राे राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना उद्यमी सदस्यहरुलाई नि:शुल्क जीवन बीमा गरिदिने भएको छ । सहकारीले १ लाखकाे वार्षिक म्यादी जीवन बीमा गरिदिने जनाएको  छ ।

कृषि वन उद्यममा आधारित रहेकाे उक्त सहकारीले सञ्चालन गरेकाे दुनाटपरी र बाँसकाे झाडु उत्पादनमा आबद्ध शेयर सदस्यहरुले काम गर्ने क्रममा भविष्यमा हुन सक्ने सम्भावित जाेखिम बाट हुने आर्थिक क्षतिलाई न्युनिकरण गर्ने उदेश्यका साथ गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड र सहकारी बीच आज सम्झौता भएको हाे ।

दुनाटपरी उत्पादनका लागि वनमा सालका पातहरु टिप्दा वा कुनै कारणले चाेटपटक लागेर घाईते भएमा रु.१० हजारसम्म औंषधी खर्च, मृत्युु भएमा रु.१ लाखकाे दाेब्बर गरि रु.२ लाख र काजकिरिया खर्च रु.२५ हजार दिने सम्झौतामा उल्लेख गरिएको छ ।

त्यसैगरी सहकारीमा कार्यरत कर्मचारीलाई पनि नि:शल्क बीमा गरिनेछ भने सहकारीमा आबद्ध शेयर सदस्यहरुले धितो वा विना धितो ऋण लिदाँ बीमाकाे व्यवस्था गरिएको हाे ।

मानिसको जीवन हाे, कुन बेला के हुन्छ? भन्ने थाहा हुदैन । ऋण लगेकाे कुनै  सदस्यकाे मृत्युु हुन गएमा घर परिवारलाई दु:खमा साथ दिने साटाे ऋणकाे रकम माग्न जानू ठुलाे पाप हाे । जसकाे लागि स्वयं ऋणी सदस्यले सामान्य बीमा शुल्क तिरेर ऋण रकम न्युनतम रु.१० हजार र अधिकतम बीमाङ्क रकम रु.५ लाखसम्म बीमाकाे व्यवस्था गरिएको संस्थाकाे उपाध्यक्ष चक्र मिलन वि.कले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्