अपाङ्गता भएका ब्यक्तिहरु हरेक सेवाबाट बञ्चित छाैँ



 

अपाङ्गता भएका व्यक्तिसंग पर्याप्त क्षमता भएपनि उनहीहरुले समाजमा आफुले चाहेर पनि योगदान गर्न नपाएको बताएका छन। विभिन्न अवरोधहरुका कारण उनीहरुले शिक्षा, स्वास्थ्य पुनस्थापना उपयूक्त रोजगारी, पहुँचयुक्त भौतिक संरचना सञ्चार, यातायात जस्ता आधारभूत सेवा र अवसरहरुलाई अन्य सरह उपयोग गर्न नपाएको गुनासो उनीहरुको छ ।

३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा तुलसीपुरमा क्रियासील विभिन्न अपाङ्गता सम्वन्धी काम गर्ने संघ संस्थाहरुको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले हरेक व्यक्तिमा रहेको शारीरिक वा मानसिक अवस्थालाई होइन उनको क्षमतालाई हेरिनुपर्ने बताएका थिए । सहभागीहरुले अपाङ्गता सम्वन्धी कानुन बनेपनि कानुन कार्यान्वयन नभएको उनिहरुकाे भनाइ  थियाे ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गदै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्विनी प्रदेशकी उपाध्यक्ष देवा डाँगीले गुणस्तरीय, समावेशी र पहुँचयुक्त प्राविधि मैत्री शिक्षा र पहुँचयुक्त स्वास्थ्य पुनस्थापना सेवा र सवै अस्पतालहरुमा दोभासोको व्यवस्था समावेशी जिवीकोपार्जन हुनपर्ने बताइन् उनले कार्यपत्र प्रस्तुत गदै स्थानीय तहमा अपाङ्गता सम्विन्धी ५ बर्षिय कार्ययोजना निर्माण, अपाङता मैत्री सञ्चार व्यवहार, अपाङ्गता मैत्री कानुन निर्माण, अपाङ्गता मैत्री उपमहानगरपालिका घोषणा तथा तुलसीपुर उपमहानगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको दोभाषे सहितको हेल्प डेक्क सञ्चालन हुनेपर्ने बताउनुभयाे ।

कार्यक्रममा नगर   प्रमुख टिकाराम खड्काले नगरपालिकालाई अपाङ्गमैत्री बनाउने भन्दै अपाङ्गता भएका व्यक्तिहरुको हकअधिकार स्थापीत गर्ने आफुहरु लाग्ने बताउनुभयाे । उहाले राज्यले दिने सवै किसीमका सुविधाहरु दिन आफुहरु कठिबद्ध रहेको बताउनुभयाे। उहाले तुलसीपुर उपमहानगरपालिकाले सवै तहका सरोकारवालाहरु संगको समन्वय सहर्का गरी अपाङ्गता भएका व्यक्तिहरुको विकासका लागि काम गरेको बताउनुभयाे ।

त्यस्तै कार्यक्रममा उपप्रमुख स्यानी चौधरीले उपमहानगरपालिका विद्यालय, बाटो भवनहरु अपाङ्ग मैत्री बनाउन आफुहरु लाग्ने बताउनुभयाे । उहाले आफुहरुले सवैलाई सम्मान अधिकार दिने बताउनुभयाे।

कार्यक्रममा कार्यपालिका सदस्य बसन्ता केसी, न्याय समितिका सदस्य लालमति भण्डारी, नगरस्तरीय जेष्ठ नागरिकका अध्यक्ष पुर्णबहादुर खड्का, समाजसेवि ध्रुव गौतम, यज्ञ विक, इश्वरी खड्का, रामबहादुर खड्का लगायतले बोल्नुभएकाे  थियाे ।

उपप्रमुख स्यानी चौधरीको अध्यक्षता तथा नगर प्रमुख टिकाराम खड्काकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हाे ।

प्रकाशित मिति : २०८० मङ्सिर १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्