जनएकता मूल समूहको दोस्रो साधारण सभा तथा तीज मिलन कार्यक्रम



No description available.

जनएकता मूल समूह समिती दंगीशरण ७ को दोस्रो साधारण सभा तथा तीज मिलन कार्यक्रम आज सोमवार सम्पन्न भएको छ । साधारण सभाले वार्षिक तथा आर्थीक प्रगती प्रतीवेदन प्रश्तुत गरेको थियो । साधारण सभामा वार्षिक तथा आर्थीक प्रगती प्रतीवेदन प्रश्तुत गर्दै सोभा गौतमले आठ वटा समूहमा कुल कोष ७ लाख ५५ हजार ३ सय ६५रु. रहेको जसमा ७ लाख ७३ हजार ४ सय लगानीमा रहेको जानकारी गराउँनुभयो । यस्तै समुहमा १९६५ नगद मौज्दात रहेको जानकारी गराउँनुभयो ।

सहकर्मी समाजको कोशेली कार्यक्रम अन्र्तगत गठन भएको मुल एकता समुहमा १४ जना महिला र ३ जना पुरुष गरी १७ जना कार्यसमिती रहेका छन् । जुन मूल समितीको कार्यबाट ८ सय ४५ जनसांख्या लाभान्वीत छन् । मूल समीतीले गर्भवती सुत्केरी र पाठेघरमा समस्या भएका विपन्न वर्गका महिलाहरुलाई लोकल अण्डा वितरण, फलफुल विरुवा वितरण, सामुहिक तरकारी खेती, सामुहिक धान , गहुँ काटि कोष बृद्धि, बाटो ग्रावेल, धारा ईनार, जरुवा पानीका मुहान सफा र संरक्षण , तरकारी खेती , ब्यवसायीक तथा सामाजीक कार्य गर्दै आएको प्रतीवदेनमा जनाईएको छ ।

No description available.
यस्तै मुल समितीले आज भव्यताका साथ तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । मुल समितीका अध्यक्ष नारायणि देवकोटाको अध्यक्षता एंव वडा न. ७ का वडा अध्यक्ष रेशम वलीको प्रमुख आतीथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले महिलाहरुको महान पर्व हरीतालीका तीज सभ्य र भव्य तरीकाले मनाउँनुपर्ने भन्दै यसलाई सस्ंकृतीको रुपमा जगेर्ना गर्नुपर्ने धारणा राखेका थिए । पछिल्लो समयमा एकअर्काको देखासिकीमा खर्चिलो तरीकाले मनाउने प्रचलन बढेको भन्दै यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको बताए ।

No description available.

 

No description available.
कार्यक्रममा कार्यक्रमका प्रमुख अतीथी वडा अध्यक्ष रेशम वलीले गाउँपालिकाले वडामा तीज मनाउँनका लागि दश वीस हजार पठाउँने कुरा सुन्नमा आएको भन्दै वडाबासी दिदिबहिनीहरु सबै आफनै खर्चमा तीज मनाउन सक्ने भएकाले त्यो रकम आफुहरुलाई नचाहिएको बताए । उनले भने –“हामी वडामा धेरै योजनाका कामहरु गर्नुछ यसमा बजेट नदिने, तीज मनाउँन दश पन्ध्र हजारको लालच देखाउँने गाउँपालिकाले वडाको विकासका लागि बजेट घटाएको भन्दै आपत्ती प्रकट गरे ।
यहाँको भौतीक पुर्वाधारका विकास संगै रजपलका स्थानीयहरुले लगाएको बालीमा बंदेलले क्षती गरेको भन्दै यसलाई तत्काल रोक्न तारजालीको ब्यवस्थापन गर्ने प्रतीवद्धता ब्यक्त गर्नुभयो ।

No description available.
कार्यक्रममा श्री शिद्ध बचत क्रृण सहकारी सस्ंथाका अध्यक्ष विष्णा गौतम, महिला जागृत समुहकि अध्यक्ष शोभा देवकोटा, कार्यपालीका सदस्य चन्दा यौगी, समृद्ध समाजकि सुसिला चौधरी, बालकृष्ण खड्का, नेपाल पत्रकार महासंघ दाङ सह – सचिव दिप्तीशिखा चौधरी लगाएतकाले शुभकामना मन्तब्य ब्यक्त गरेको थिए । कार्यक्रममा सहभागि महिलाहरुले गीत तथा नृत्य प्रश्तुत गरेका थिए ।

 

कार्यक्रममा सुर्यमुखी समुह रजपल, शिवशत्ती समुह श्रीगाउँ, सगरमाथा समुह, सयपत्री समुह बाँका, मनकामना समुह बोकटि, दोभान समुह बुट्टीपुर, समाज सुधार समुह वुटनीया, झरना समुह सीम्ठानी लगाएत आठ वटा समुहको सहभागीता रहेको थियो ।जनएकता मुल समितीको आयोजना एंव समृद्ध समाज दंगीशरणको समन्वय तथा सहकर्मी समाजको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको शहजीकरण बिर्सना ज्ञवालीले गर्नुभएको थियो ।

 

No description available.

 

No description available.

प्रकाशित मिति : २०७९ भाद्र ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस्