दाङमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते



चाडपर्वमा सवारी दुर्घटना बढ्दै – SajhaPana

दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रूकुम पूर्व भुमे १ का २७ बर्षिय आदर्श पुन रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो।

घोराही उपमहानगरपालिका १८ मा रा ७ प ३१८६ नम्बरको मोटरसाईकल अनियन्त्रित भइ दुर्घटना हुँदा घाईते पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा भने एक जना गम्भीर घाईते भएका छन् । मोटरसाईकलमा सवार अर्का गम्भीर घाईते सोही ठाँउकै ३५ बर्षिय रामकुमार पुनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : २०८० फाल्गुन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस्