सगरमाथा स्कुलका विद्यार्थीले आफूले खाने मुहानको पानी सफा गरे



दाङको तुल्सीपुर ९ बेलुवामा रहेको सगरमाथा स्कुलले आज विश्व वातावरण दिवस मनाएको छ।

विश्व वातावरण दिवसको अवसरमा आज दाङको तुल्सीपुर ९ बेडुवामा रहेको सगरमाथा स्कुलले विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई अमृतपुर खानेपानीको मुहान सादबासमा पुगेर पानीको मुहान सरसफाइ गरेका छन।

विद्यार्थीहरुले आफैले पिउने पानीको मुहान सरसफाइ गरेर सबैलाई जनचेतना प्रदान गरेका छन। उक्त मुहानको पानी विद्यालय अवस्थित बेलुवा तिर पनि धाराहरु बिस्तार गरिएको छ। वातावरण सरसफाइ गर्न आफैं सरिक नबन्दा सम्म स्वच्छ वातावरण निर्माण हुन सक्दैन। त्यसैले आज विद्यार्थीहरुले आफ्नो टोल बासीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै आफै मुहानको स्थलगत भर्मण गरी सरसफाइ गरेका हुन। बाल क्लबका अध्यक्ष अञ्जली नेपालीले स्वच्छ समाज सृजना  गर्नको लागि स्वच्छ पिउने पानी आवस्यक हुने भएको हुदा हामीले आफ्नो कर्तव्य र जिम्मेवारी बोध गरेर वातावरण दिवसको अवसरमा  कार्यक्रम आयोजना गरेका हौ भन्नु भयो।

“प्लाष्टिक प्रदूषण न्यूनीकरण” भन्ने मुल नारा आत्मसात गर्दै विद्यालय परिसर पनि सरसफाइ गरेका हुन् । प्लाष्टिक जन्य खाद्यन्न न्यूनीकरण गर्नेमा सम्पूर्ण विद्यार्थीहरुले प्रतिबद्धता व्यक्त गरेका थिए ।

उक्त कार्यक्रमको लागि सहजीकरण गर्नु हुने अमृतपुर खाने पानीका सचिब  दसरथ वली, कर्मचारी दिनेश डाङी र पलम्बर निर्मल चौधरी प्रति  बिद्यालय परिवारले हार्दिक आभार प्रकट गरेको सहायक प्रधानाध्यापक केशर बुढाथोकीले जानकारी गराउनु भयो ।

त्यस्तै विद्यार्थीहरूले विद्यालय  परिसर सफा गर्नुका साथै फुलहरू रोप्ने र गोडमेल गर्ने काम गरेका थिए। उनीहरूले एक कार्यक्रमका बीच वातावरण दिवस सम्बन्धी मन्तव्य गीत कविता वाचन पनि  गरेका थिए।

प्रकाशित मिति : २०८२ जेष्ठ २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्