वडा अध्यक्ष शाहले गरे नायक पल शाहलाई सम्मान



काेभिडकाे समयमा स्वास्थ्य केन्द्र  बागरलाइ स्वास्थ्य सामग्री प्रदान गरेको भन्दै दङ्गिशरण गाउँपालिका वडा न . ६ ले नायक पल शाहलाई सम्मान गरेकाे छ ।

काेभिड संक्रमनका बेला दङ्गिशरणमा सिलिन्डरकाे अभाव भएको समयमा आफु स्वयम् उपस्थित भएर नायक शाहले सहयाेग गरेकोले  वडा अध्यक्ष राेशन जंग शाहले दाेसल्ला सहित कदर पत्रले सम्मान गर्नुभएको हाे ।

दंगीशरण गाउँपालिका वडा न ६ बागरको ठन्डिबजारमा जारी प्रथम दंगीशरण कृषि,पर्यटन तथा ब्यापारीक महोत्सवमा प्रस्तुति दिन आएका नायक शाहलाई  सम्मान गरिएको हाे ।

नाएक  शाहलाइ हेर्न हजारौको संख्यामा दर्शकहरुको उपस्थित रहेकोथियो ।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्