क्षतिग्रस्त एमाले पार्टी कार्यालयलाई नेता–कार्यकर्ताले सरसफाई गरे



जेनजी युवाको आन्दोलनका क्रममा भदौ २४ गते तोडफोड तथा आगजनीबाट क्षतिग्रस्त नेकपा (एमाले) दाङ जिल्ला पार्टी कार्यालयलाई नेता–कार्यकर्ताले सरसफाई गर्दै सुचारु गर्न थालेका छन् । उपाध्यक्ष मनोहर बुढाथोकीको नेतृत्वमा भएको सरसफाई कार्यक्रममा जलाइएका कागजात मिलाउने र कार्यालय पुनर्निर्माण गर्ने तयारी भएको छ ।

लुम्बिनी प्रदेश सचिव लक्ष्मण आचार्यले युवाको माग जायज भए पनि आन्दोलनमा घुसपैठ भएर अराजक गतिविधि बढेको भन्दै खेद व्यक्त गर्नुभयो । विशेष बैठकले सरकारी तथा निजी संरचनामा क्षति पुर्‍याउनेहरूलाई छानबिन गरी कानुनी कारबाहीमा ल्याउनुपर्ने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी र प्रहरी टोलीले मुजुल्का तयार गरेपछि एमाले कार्यकर्ताले कार्यालय सफा गरेका हुन् । सो अवसरमा झण्डोतलन समेत गरिएको थियो ।

प्रकाशित मिति : २०८२ भाद्र २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्