संचार समूह दाङकाे अध्यक्षमा लिलाधर वली



संचार समूह दाङको दोश्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । समूहका अध्यक्ष दिपक जी. एमको अध्यक्षतामा शुक्रबार (आज) तुलसीपुर उपमहानगरपालिका-७ स्थीत राप्ती शान्ति उद्यानमा भएको अधिवेशनले लिलाधर वलीको अध्यक्षतामा सर्वसहमत नयाँ नेतृत्व चयन गरेको हो ।

अधिवेशनले समूहको उपाध्यक्षमा जीतसागर जिएम, सचिवमा आभास बुढाथोकी, सहसचिवमा एकराज भण्डारी र कोषाध्यक्षमा बिमला घर्तीमगरलाई चयन गरेको छ । समुहको सदस्यमा छवि पुरी, अमरराज आचार्य, चन्द्रप्रकाश नेपाली र टोपेन्द्र रोकामगर रहनुभएको छ ।

त्यसैगरी अधिवेशनले समूहको सल्लाहकारमा दिपक जिएमलाई चयन गरेको छ । अधिवेशनमा सचिवमा सचिव जित सागर जिएमले संगठनिक तथा कोषाध्यक्ष बिमला घर्तीमगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । अधिवेशनको सहजीकरण सचिव जीतसागर जिएमले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ चैत्र १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्