दङ्गिशरणमा मादक पदार्थ सेवनपछि छोराको बन्चरो प्रहारबाट आमा–बुवा घाइते



दाङ दंगीशरण गाउँपालिका–५ देबिगन्जमा मादक पदार्थ सेवन गरेका छोराले आमा–बुवामाथि बन्चरो प्रहार गरी घाइते बनाएका छन्।

२५ वर्षीय बीरबहादुर ओलीले बिहिबार राति करिब ९ बजे आफ्नी आमा ५५ वर्षीया कुमारी ओली र बुबा ६५ वर्षीय बेदबहादुर ओलीमाथि घरमै बन्चरो प्रहार गरेका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीका अनुसार दुवैको टाउकोमा चोट लागेकाे र उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएको थियो। उपचारपछि दुबैजनालाई आज दिउँसो अस्पतालले डिस्चार्ज गरेको बताइएको छ।

प्रहरीले आरोपी बीरबहादुर ओलीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस्