परदेशकाे दशै , चार वर्ष पुगेछ



शारदा धिताल 

 

परदेशी भएको पनि झन्डै पाँच वर्ष पो हुन थालेछ।हिजो जस्तो लाग्छ तर समय न हो आफ्नै गतिको वेगमा चल्दो रहेछ। चार वटा दशैँ परदेशमा मनाएछु।

एैले परदेशमा त दशैँ टिकटक,फेसबुक र ईन्स्ट्रातिर मात्रै अाउँछ। उ बेलाको दशैँको सुगन्ध नै बेग्लै हुन्थ्यो ।

दशैँमा बुवा घर अाउँने दिन कुर्दा बाटोमा नाैलो मान्छे टाढा बाट अाएको देख्दा पनि बुवा नै होकी भन्दै अाँखा रसाउँन्जेल हेरी बस्नुको मज्जा नै अर्कै हुन्थ्याे  । नव दुर्गा सुरु हुनु अघि नै माटोले मोतेर घर सजाउँन थालिन्थ्याे  । खेत भरी लह लह धान झुलेर हाम्रो वरिपरि सम्म परेर मिलेको फाँट कति लोभलाग्दो देखिन्थयो ।

परदेश-शहर बाट गाँउ घर फर्किने मान्छेहरुको चहलपहल बड्थ्यो । जमरा राख्ने दिन,फुलपाती भित्र्याउँने दिन, अष्टमिको दिनहरु विशेष हुन्थे , रोट पकाएर खैराबाङ भगवतिलाई चढाउँने , सल्यान खैराबाङ मन्दिर जाने।

बुवाले ल्याईदिएका नयाँ कपडा लगाएर हजुरबुवाको घर टिका थाप्न जाने। हजुरबुवा-अामा ,अँकल अन्टि सँग टिका लागाई सकेर हिड्दै मामाघर जाने। बाटोभरी रातो टिका जमरा लगाएर अोहोरदोहोर गरेका मान्छेहरु देख्दा दशैँको राैनक बयान गरी नसक्नु हुन्थ्यो ।

मामाघर पुग्दा अाईपुग्नु भएका ठुलोमम्मी ठुलोबाबा अँकल,अन्टि दादा दिदी देख्दा मन पुतली जस्तै उड्थ्यो । मामा माईजु र हजुर अामा सँग टिका थापेर पनि घर फर्किन मन हुदैनथ्यो । मामाघरको बासना अहिले पनि मिठो याद अाउँछ।

एकातिर घरतिर फुफू फुपाजु भाईहरु , दादा दिदिहरु अाईसक्नु भयो होला भन्ने हतार अर्को तिर मामाघर तिर दादा दिदीहरुसँग छुट्टिनै गार्हो पल । उ बेलाको दशैँमा चिचि पनि पापा पनि हुन्थ्यो जता गयो उतै रमाईलो????

अहिले बुबा मम्मी घरमा हुनुहुन्छ, भाई र म परदेश । भाई र म घर सम्झिन्छाैँ , बुवा मम्मी हामि दुई सम्झिनु हुन्छ होला। मासु पकाउँदा , हजुरबुवाकोमा( पर घर )टिका लगाउँन जाँदा, मामाघर टिका लगाउँन जादा हाम्रो याद कति अाउँछ होला है। हामी त यतै भुल्छाैँ , काममा गएर अाफुलाई विजि राखिएला बुमा मम्मीलाई हरेक पलमा अाउँने यादमा शक्ति मिलोस।????

फेरी बच्चा बनेर दशैँ मनाउँन पाए, बुवा मम्मीको हात समातेर मामा घर जान पाए! त्यो पिङ खेल्न पाए, दशैँमा घरभरी अाउँनु भएका पाहुनाहरु सँग फेरी त्यसैगरी रमाउँन पाए! तेरो दक्षिणाा धेरै कि मेरो भन्दै साथीहरु सँग खेल्न पाए! दादा दिदीहरुको पछि लाग्दै मामाघर गाउँ घुम्न पाए! झुलिरहेको धान अनि खेतका अालीहरुमा लुकामारी खेल्न पाए! मामा घर छेउको वरपिपल मा फेरी अाठकाठकुन काठ खेल्न पाए! दशैँ सकिन्थो तर दशैँ विदाको होमअोर्क नसिनु मात्रै गार्हो अरु त सबै मज्जा हुन्थ्यो????
कसैले केहि माग भन्दा म त फेरी बालापन नै माग्थेँ????

दशैँको सबै_सबैमा शुभकामना????❤️
धेरै माया अनि सम्झना????????
#repost????

प्रकाशित मिति : २०८१ असोज २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस्