अवको मौसम कस्तो ?



आज पनि मौसम बदली र वर्षाको सम्भावना - Akhabar pati

अबको केही दिन थप तापक्रम नबढ्ने मौसमविद्ले बताएका छन् । केहीदिनअघि देशका विभिन्न ठाउँको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियससम्म पुगेकोमा तत्काल तापक्रम नबढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले मनसुनी वायुको प्रभावले पर्सिसम्म नै देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिनुभयो । वर्षा भएसँगै शितल महशुस हुने पनि उहाँले बताउनुभयो ।

उहाँका अनुसार आज दिउँसो देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भएपनि राति एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । पर्सिसम्मै देशभरीको मौसम आंशिकदेखि सामान्य बदली भइ केही स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेकाले बाढी र पहिरोको जोखिम रहेको पनि मौसमविद् मानन्धनरले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ साउन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्