
तुफानबाबु श्रेष्ठ
व्यवसायिक अधिकारको सुरक्षा संगै व्यवस्थित व्यवसाय भन्ने मुल नाराका साथ स्थापना भएको नेपाल औषधि थोक व्यवसायी संघले आफ्नो आठौ स्थापना दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्व वहन गर्दै पश्चिम दाङमा निशुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने भएको छ ।
फागुन ५ गते शनिवार शान्तिनगर गाउँपालिका वडा नम्वर ६ अन्तर्गत धनौरी स्वास्थ्य चौकी गिधनिया भवनमा निशुल्क स्वास्थ्य शिविर आयोजना गरिने स्थानिय समाजसेवी तथा स्वास्थ्य शिविर संयोजक विजय केसीले वताउनु भयो । उहाँले निम्न वर्गका जनतालाई लक्षित गरेर विशेषज्ञ सेवा सहित शिविर सञ्चालन गरिने समेत जानकारी दिनुभयो ।
शिविरमा वरिष्ठ फिजिसियन, हाडजोर्नी विशेषज्ञ र स्त्रीरोग विशेषज्ञ लगायतका चिकित्सकहरुबाट बिरामीको स्वास्थ्य परिक्षण गरिने छ । ूग्रामिण भेगमा रहेका नागरिकहरुले बिभिन्न कारणले रोग लुकाएर राख्ने बानि परेको हुदा हामीले ग्रामिण भेगलाई प्राथमिकतामा राखेका हौू नेपाल औषधी थोक व्यवसायी संघ दाङ शाखा अध्यक्ष शेषकान्त ढकालले भन्नु भयो । शिविरमा विरामीको स्वास्थ्य परिक्षणसंगै उनीहरुलाई निस्शुल्क औषधि समेत वितरण गरिने अध्यक्ष ढकालले जानकारी दिनुभयो ।
शिविर विहान १० बजे जेदेखि ३ वजेसम्म सन्चालन हुनेछ । शिबिरमा प्राविधिक सहयोग तुलसीपुर सिटी हस्पिटल प्रा।लि। को रहेको छ भने स्थानिय व्यवस्थापन शान्तिनगर गाउँपालिका वडा नम्वर ५(६ र ७ को रहेको छ । साथै शिबिरलाई प्रभावकारी बनाउन र व्यबस्थित गर्न नेपाल औषधी तथा बिक्री प्रतिनिधी संग दाङ ईकाई, आरसीसी भिलेज काशिपुर तथा शान्तीनगर थारु समाज लगायतका संस्थाहरुको सहयोग रहेको छ ।

