तुलसीपुर उपमहानगरपालीका वडा न. ६ र वडा न. १३ बखरीयामा रहेको बालगृहको अवलोकन तथा निरीक्षण गरीएको छ ।उपमहानगरपालीका द्धारा संचालीत आपतकालीन एंव जोखिम अवस्थामा रहेका बालबालीकाको संरक्षणका लागि संचालीत अल्पकालीन बाल संचालन संरक्षण गृह संचालन समितीले बाल संरक्षण गृह दिदिघरको अनुगमन तथा अवलोकन गरेको हो ।
तुलसीपुर उपमहानगरपालीका उपमेयर स्यानी चौधरी, महिला बालबालीका तथा सामाजीक बिकास शाखा प्रमुख माया श्रेष्ठ, पुष्पा श्रेष्ठ, बालअधिकारकर्मी नवराज रजौरे, ईलाका प्रहरी कार्यालयका जानुका श्रेष्ठ लगाएतको टोली अनुगमन गरेको हो ।
अनुगमनका क्रममा बाल संरक्षण गृहमा हालसम्म आश्रीत बालबालिका १३ जना बालीका र ९ जना बालक गरि २२ जना रहेका छन् । जसमध्य १ जना बालीका पारिवारीक तथा सामुदायीक पुर्नमिलन भएका पाईएको छ । आमा बुबा नभएका ३ जना बालक, २ जना बालिका गरि ५ जना रहेका छन् । यस्तै संरक्षक नै नभएका ३ जना बालक रहेका छन् । बालगृहमा बासस्थानको ब्यवस्था, सरसफाई राम्रो रहेको पाईएको छ । यस्तै खेल तथा मनोरञ्जनको ब्यवस्था सामान्य देखिएको छ । बालगृहबाट खाना, बास,शिक्षा, स्वास्थ्य, पारिवारिक पुर्नमिलन परामर्श जस्ता सेवाहरु दिईरहेको पाईएको छ ।
यस्तै बखरीयामा रहेको बालगृह निर्माधिन अवस्थामा रहेकाले बालगृहका कार्यवाहक अध्यक्ष निलु चौधरीले विभीन्न संघसस्ंथा र स्थानीय पालीकालाई सहयोग गरिदिन आग्रह गर्नुभयो । बालगृहमा रहेका बालबालीहरु दाङ लगाएत सल्यान, रोल्पाबाट पनि आउँने भएकाले पछिल्लो समय सहयोग गर्ने निकायहरु कम मात्रामा आउँने गरेकाले केहि समस्या उत्पन्न भएको भन्दै सहयोग उपलब्ध भए सहज हुने बताउँनुभयो । बालगृहमा रहेका बालीबालीकाहरु सबै स्वस्थ नै रहेको उँहाले बताउँनुभयो ।