म बजेट पछिकाे मन्त्री हुँ : दिपक गिरि




नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य दीपक गिरीले मुलुक विषम परिस्थितिमा रहेकाेले सबै एक भएर विकास निर्माणमा लाग्नुपर्ने बताउनुभएको छ । देश हरेक परिस्थिति बाट सुधार्नका लागि सविधानमा सुधार ल्याउनुपर्ने बताउनुभयो ।

रिपोर्टस क्लब दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा गिरीले यसले जनतामा निरासा ल्याएको र काम गर्न गाह्रो भएको बताउनुभयाे ।

“म बजेट पछिकाे मन्त्री हु, पश्चिम दाङको बिकासका लागि गम्भिर रुपले लागिपरेकाे छु । टरिगाउँ एयरपोर्टको लागि संघीय सरकारबाट छुटाइएको बजेट एकिन नभएको र सामाजिक संजालमा आएका कुराहरुमा कुनै सत्यता छैन । यो विषयमा मैले अर्थमन्त्री र क्यान संग बजेट सुनिश्चित गरि एयरपोर्टको पूर्वाधार निर्माणका लागि छलफल गरेकाे छु ।”-सांसद गिरिले भन्नुभयो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका यसअघिका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आफ्नो कार्यकालमा बहुबर्षिय योजना अन्तरगत तुलसीपुर क्षेत्रमा ९६ वटा बाटो बन्न लागेको बताउनुभएकाे थियाे ।
बिकासका काममा कन्जुस्याइँ नहुने र प्रदेशबाट दाङको लागि प्रसस्त बजेट बिनियोजन भएकोले सबै मिलेर बिकास निर्माणका लागि काम गर्नुपर्ने बताउनु भएकाे थियाे।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्ब सासद शंकर गिरीले नेपालको राजनीति अस्थिरमा रुमलिएको भन्दै समयमा सहि बाटाे राेज्न नेताहरूलाई आग्रह गर्नुभएको थियाे ।

नेपाली काग्रेस दाङका सभापति शकरप्रशाकद डाँगीले जनताका आधारभुत चाहानालाई आत्मसात गरि अगाडि बढन आग्रह गर्नु भएको थियाे ।
रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको
कार्यक्रमको सहजीकरण रिपोटर्स क्लब दाङका महासचिव बिमल गौतमले गर्नु भएको थियाे ।

कार्यक्रममा तुलसीपुर उद्योग बाणिज्य सघका नबनिर्बाचित पदाधिकारीलाई स्वागत सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : २०८१ असार ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस्