युवा संघ तुलसिपुर ३ लाई खसी




लक्ष्मण बस्नेत

दशै बिशेष फुटबल प्रतियोगिता २०८१ को बिजेता युवा संघ तुलसिपुर ३ ले खसी जितेको छ ।

टाईगर युवा क्लब तुलसिपुर ३ को आयोजना तथा तुलसिपुर उपमहानगरपालिका वडा न ३ को आर्थिक ब्यबस्थापनमा दमारगाउ खेल मैदानमा संचालित प्रतियोगिताको फाईनल खेलमा तुलसिपुर ३ रानागाउ लाई २-० गोल ले पराजित गर्दै युवा संघ तुलसिपुर ३ ले खसी हात पारेको हो ।

असोज १७ गते बाट संचालित प्रतियोगितामा तुलसिपुर ३ भित्रका १० टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापन समारोह क्लबका अध्यक्ष हिरा सिह बिकको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा न ३ का अध्यक्ष वीर बहादुर बिक बिजयको प्रमुख आतिथ्य एवं दाङ जिल्ला फुटबल संघका महासचिव लक्ष्मण बस्नेतको विशिष्ट आतिथ्यमा भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी वीर बहादुर बिक, विशिष्ट अतिथी लक्ष्मण बस्नेत, तुलसिपुर उपमहानगरपालिका वडा न ३ का सदस्य कर्ण बुढा,टाईगर युवा क्लबका संस्थापक अध्यक्ष प्रेम प्रकाश मल्ल लगाएतले बधाई तथा शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । सो अवसरमा बिजेता टिम तथा खेलाडी खसी प्रदान गर्नुका साथै प्रतियोगिता संचालनमा सहयोग पुर्‍याउने संघ / संस्था, खेलप्रेमी ब्यक्तित्व लगाएत लाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन रोम बहादुर रानाले गर्नु भएको थियो ।

प्रकाशित मिति : २०८१ असोज २३ गते बुधवार
प्रतिक्रिया दिनुहोस्