तुलसीपुर उपमहागरपालिकाकाले गर्यो मकै बाली को अनुगमन तथा अबलोकन



No description available.

ग्रामीण महिला उत्थान केन्द्र दाङ र आई डि नेपाल सँगको साझेदारीमा संचालन भईरहेको रिपलान्ट परियोजना अन्र्तगत तुलसीपुर उपमहागरपालिकाका नगर प्रमुख श्री टिकाराम खड्का को संयोजकत्वमा पालिका स्तरिय ९ सदस्यीय परियोजना सल्लाहाकार समिति गठन गरीएको छ ।

पालिका स्तरिय परियोजना सल्लाहाकार समितिको बैठकले आज तुल्सीपुर उपमहानगरपालिकाको बिभिन्न वडाहरुमा परियोजना अन्र्तगत संचालन भईरहेको क्रियाक्लाप मध्य तुल्सीपुर ११ मोतिपुरमा गरिएको पिक्स ब्याग अन्न भण्डारणको अनुगमन र एकिकृत शत्रुजिब ब्यवस्थापन कार्यक्रम (मकै बाली) को अनुगमन तथा अबलोकन गरेको छ । नगरप्रमुख श्री टिकाराम खड्का ज्यु र उपप्रमुख श्री स्यानी चौधरी सहित पशु शाखा, कृषि शाखा, महिला तथा बालबालिका शाखा प्रमुखहरु सहितको टोलीले फिल्डमा पुगेर अनुगमन गरेको हो ।

No description available.

फिल्ड अनुगमन तथा अबलोकन पश्चात गरिएको औपचारिक कार्यक्रममा कार्यक्रममका संयोजक नगरप्रमुख टिकाराम खड्का ले उपमहानगरले आर्थिक समृद्धिका लागी गर्दै आएको कार्यक्रममा संघ संस्थाहरुले पनि हातेमालो गरेकोमा धन्यवाद दिनुभएको थियो । यसैगरी पालिका सँग समन्वय गरेर गर्नसक्ने आर्थिक समृद्धिका अन्य कार्यक्रमहरु भएमा सदैब स्वागत गरिने भन्दै कृषकहरुको उत्थान र बजारीकरणका सवालमा संस्थाहरुले पनि सक्दो सहयोग गर्नुपर्ने बताउनुभयो । आफुहरुले आगामी दिनमा कृषकहरुलाई सहज होस् भन्नका लागी सहकारी मार्फत बजारीकरणलाई जोड्ने बताउदै नगरप्रमुख खड्काले आर्थिक प्राबिधिक तथा आधुनिक ज्ञान र सिपका माध्यमवाट कृषकहरुको उत्थानका लागी ग्रामीण महिला उत्थानलाई काम गर्नका लागी अनुरोध गर्नुभएको थियो ।

No description available.

यसैगरी उपप्रमुख स्यानी चौधरीले कृषकहरुको उत्थान तथा आर्थिक समृद्धिका लागी पालिकास्तरिय तथा संघ संस्थाहरुले गर्दै आएको कामलाई एकतृत प्रणालीबाट समुदायस्तरमा पुर्याउन सकेमा केहि परिवर्तन देखिने भन्दै समन्वयका लागी संस्थालाई अनुरोध समेत गर्नुभएको थियो ।

No description available.

रिपलान्ट परियोजनाका कार्यक्रम संयोजक एच.बि.थापाले स्वागत तथा कार्यक्रमको उद्देष्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण रिपलान्ट परियोजनाका सुपरभाईजर अर्बिन चौधरीले गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस्