राष्ट्रिय दलित पत्रकार संघ नेपाल दाङले आगामी फागुन १५ गते आफ्नो स्थापना दिवस मनाउने भएको छ । संघका अध्यक्ष बसन्त परियारको अध्यक्षतामा आज घोराहीमा बसको बैठकले आगामी फाुगन १५ गते सोमबार स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
स्थापना दिवसलाई भब्य रुपमा सफल पार्न तयारीका लागी घोराहीमा संघका वरिष्ठ उपाध्यक्ष गिरीराज नेपालीको संयोजकत्व तथा पश्चिम दाङमा हिमाल विश्वकर्माको संयोजकत्वमा उपसमिती गठन गरिएको कोषाध्यक्ष चन्द्रप्रकाश नेपालीले जानकारी दिनुभएको छ ।
आजको वैठकले सदस्यता नविकरण गर्ने तथा नयाँ सदस्यहरुलाई सदस्यता वितरणका लागी माघ १६ गते सम्मको समय तोकेको छ ।
प्रकाशित मिति : २०७९ माघ १४ गते शनिवार