आज भाद्र २२ गते भाद्र शुक्ल पूर्णिमाको दिन यस वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण लाग्दै छ । यो ग्रहण खग्रास स्वरूपमा देखिने भएको छ ।
खग्रास चन्द्रग्रहणको समयमा चन्द्रमा रातो रंगको देखिनेछ, जसलाई सामान्य भाषामा ‘ब्लड मुन’ भनिन्छ । वैज्ञानिक कारणअनुसार पृथ्वीको वायुमण्डलले निलो प्रकाशलाई तितरबितर पारिदिँदा रातो प्रकाश मात्र चन्द्रमामा पुग्ने भएकाले यस्तो देखिने हो ।
यो अद्भुत खगोलीय दृश्य नेपाल, भारतसहित एशिया, पश्चिम अष्ट्रेलिया र युरोपका करिब ८५ प्रतिशत जनसंख्याले प्रत्यक्ष अवलोकन गर्न सक्नेछन् ।
खगोलविद्हरूका अनुसार ग्रहण आज बेलुकी देखिने भएकाले चन्द्रप्रेमी तथा खगोल विज्ञानप्रेमीहरूका लागि विशेष अवसर हुनेछ ।
प्रकाशित मिति : २०८२ भाद्र २२ गते आइतवार


