पत्रकार महासघ दाङको स्थापना दिबश,आज दोस्रो दिन फुटसल



नेपाल पत्रकार महासघ दाङले ३० औ स्थापना दिबसको अबसरमा आज दोस्रो दिन महिला पत्रकारहरुका लागि मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न गरेको छ ।

घोराही स्थित गैरागाउँमामा आयोजना गरिएको प्रतियोगितामा जिल्लाका महिला पत्रकारहरुको सहभागिता रहेको थियो । समुह ९ए० र समुह ९बि० बिच प्रतियोगिता भएको थियो । जसमा समुह ९ए० विजयी भएको छ ।

त्यसअबसरमा खेलमा प्रयोग हुँने जर्सी घोराही उपमहानगरपालिका १५ को विजी मार्केटमा रहेको फ्रेन्स वयर हाउसका सञ्चालक नविन ओलीले उपलब्ध गराउनुभएको थियो ।

कार्यक्रमबारे जानकारी नेपाल पत्रकार महासघ दाङका सचिव आरके शितलले गराउनुभएको थियो भने सहजिकरण सहसचिव दिप्ति शिखा चौधरीले गर्नुभएको थियो । महासंघका उपाध्यक्ष बसुन्धरा गौतमको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको हो ।

यसैबीच भोली पुस ३ गते खाद्यान्न सामाग्री वितरण गर्ने का
र्यक्रम तय भएको छ भने पर्सि ४ गते तुलसीपुरमा साधारणसभा कार्यक्रम गरिने भएको छ ।।

प्रकाशित मिति : २०७९ पुष २ गते शनिवार
प्रतिक्रिया दिनुहोस्