घोराही उपमहानगरपालिका ११ मा रहेको परोपकार पाठशालाले आफ्नो १४औँ वार्षिक उत्सव मनाएको छ । बिद्यालयमा आयोजित वार्षिक उत्सव समारोहमा बोल्ने बक्ताहरुले शिक्षक बिद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्वन्धबाट मात्रै वालवालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने बताएका थिए ।
कार्यक्रममा प्रमूख अतिथी घोराही नगर शिक्षा महाशाखा प्रमूख विनोद गौतमले वालवालिकालाई केन्द्रविन्दुमा राखेर गुणस्तरीय शिक्षालाई पहिलो प्राथमिकतामा विद्यालयहरुले काम गर्नुपर्ने बताउनुभयो । त्यस्तै विशिष्ट अतिथी नगरशिक्षा महाशाखा अधिकृत नारायण पौडेलले वालवालिकाहरुमा नैतिक शिक्षाको अभाव देखिएकाले विद्यालयहरुले नैतिक शिक्षा दिएर सामाजिक विकासमा जोड दिनुपर्ने बताउनुभयो। कार्यक्रममा घोराही ११ का वडाध्यक्ष कुलबहादुर लामिछानेले वालवालिकाहरुलाई समाजमा बिक्ने र देशमा टिक्ने शिक्षा विद्यालयले दिनुपर्ने बताउनुभयो।
बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष भोजराज न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा बिद्यालयको वार्षिक प्रगती बिवरण र भावि योजनाका बारेमा प्रधानाध्यापक नरेश आचार्यको प्रकाश पारेका थियो भने प्याव्सन दाङका निर्मल न्यौपाने एन प्याव्सनका हरी भण्डारी लगाएतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयले वार्षिक उत्सवका अवसरमा आयोजना गरेका विभिन्न प्रतियोगितात्मक कार्यक्रममा प्रथम, द्धितीय र तृतीय हुने छात्र छात्रालाई प्रमाण पत्र तथा पुरस्कार प्रदा नगरिएको थियो भने वालवालिकाहरुले विभिन्न गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।