सञ्चार क्षेत्रमा पत्रकारमाथि हुने दुव्र्यवहार विरुद्ध प्रशिक्षण तालिम सम्पन्न



No description available.

घोराहीमा सञ्चार क्षेत्रमा पत्रकारमाथि हुने दुव्र्यवहार विरुद्ध प्रशिक्षण तालिम सम्पन्न भएको छ । मावन अधिकार सञ्चार प्रतिष्ठान, नेपालको आयोजना तथा युरोपियन युनियनको सहयोगमा शनिबार घोराहीमा रहेको होेटेल पौवामा उक्त तालिम सम्पन्न भएको हो ।

दुई दिने तालिममा दाङ जिल्लाभरका विभिन्न मिडिया तथा सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो।
तालिममा मुख्य प्रशिक्षकका रुपमा रहेका नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले सञ्चार क्षेत्रमा पत्रकारमाथि हुने धम्की, हिंसा, दुव्र्यवहार र पत्रकारको अधिकार तथा प्रावधान लगायतका विषयहरुमा प्रशिक्षण दिनुभएको थियो।

समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धरा गौतमले दुई दिनसम्म भएको तालिमका बारेमा आफ्ना अनुभूति सुनाउदै धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 

नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष बसुन्धारा गौतम,मानव अधिकार सञ्चार प्रतिष्ठान, नेपालका कार्यक्रम संयोजक कामना न्यौपानेको आतिथ्यता रहेको थियो । तालीमको सहजीकरण नेपाल पत्रकार महासंघ दाङका सह( सचिव दिप्तिशिखा चौधरीले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ मङ्सिर १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्