पश्चिम दाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । बबई गाउँपालिका ७ मलई बस्ने रोबर बहादुर घर्तीकी १८ वषिया छोरी करिष्मा घर्ती भिर बाट लडेर मृत्यु भएको प्रहरिले जनाएको छ । करिष्मा भिरबाट अन्दाजी ६५ मिटर तल लडेकी थिइन् ।
बुधबार बिहान करिब साढे ८ बजेतिर बबई गाउँपालिका ७ मलई स्यानि खोला जंगलमा घाँस काटेर घर फर्किने क्रममा अचानक भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक तथा सूचना अधिकारी नवचन्द्र मल्लले जानकारी दिनुभयाे ।
करिष्मा संगै सोही ठाउँ निवासी सुष्मा पुन पनि गएकी थिइन्।
शवको प्रारम्भिक अनुसन्धान पछि पोष्ट मार्टम गरेर अभिभावकलाई जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८० चैत्र १४ गते बुधवार