अमृत काजी शर्मा
नेपाल लेखापढी कानुन ब्यवसायी इकाई समिति तुलसीपुरको १० औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
अध्यक्ष शोभाखर न्यौपानेको अध्यक्षता तथा नेपाल लेखापढी कानुन ब्यवसायी केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश संयोजक अर्जुन के.सी.को प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हाे ।
प्रमुख अतिथी केन्द्रिय कार्यवहाक उपाध्यक्ष क्षेत्रीले आफ्नो ब्यवसायीक संगन माथी बिचौलियाको संग्या दिई रहेकोमा चिन्ता ब्यक्त गर्नु भयो । उहाले आफ्नो संगठन नेपाल सरकारले दिएको जिम्मेवारी पुरा गरिरहेको बताउनु भयो । आफ्नो संगठनलाई राजनितिक दलहरुवाट पनि हस्तक्षेपमा परिरहेको बताउनु भयो ।
सरकार पटक पटक ब्यवसायीहरु प्रती हेपाह प्रबृति देखाई रहेको बताउनुभयाे । हाल आफ्नो संगठन राज्यको पाँचौ अंगको कानुन ब्यबसायी भएको हुदा अबिबक्ता र अधिबक्ता हुन पाउनु पर्नेमा आफ्नो संगठनको पक्षमा नेपाल बारले समन्वय गरि रहेको बतानु भयो ।
यसैबिच मालपोत कार्यालय तुलसीपुरका कार्यालय प्रमुख खिम बहादुर खड्काले जनतामा निहित भएका काम लेखापढी कानुन ब्यबयीहरुले सहजिकरण गर्ने र मालपोतले सेवा दिने कार्य गर्नेमा जोड दिनु भयो सरकाले बनाएका ऐन कानुन बमोजिम मालपोतले काम गर्ने पनि बताउनु भयो ।
साे अवसरमा बाेल्ने अन्य वक्ताहरुले सेवाग्राहीहरुलाई छोटो छिटो र छरितो र गुनस्तरिय सेवा दिदै सन्तुष्टी दिने गरी काम गर्नु पर्न बताएका थिए । मालपोत, नापी कार्यालयले प्रदान गर्ने सेवामा सहजीकरण गर्न लेखापढी ब्यवसायीहरुले खेल्नुपर्ने भुमिका बारेमा धारणा राखेका थिए ।
कार्यक्रममा इकाइ समिति घोराहीका अध्यक्ष पर्शुराम डाँगी , इकाई समिति लमहीका अध्यक्ष धुप नारायण चौधरी, केन्द्र पचार बिभाग प्रमुख नेप बहादुर वली, केन्द्रिय लेखा संयोजक दोर्ण प्रसाद आचार्य, नापी कार्यालय तुलसीपुर का सर्वेक्षक देव बहादुर वली लगाएतले बाेल्नु भएको थियो ।
कार्यक्रममा इकाई समितिका जेष्ठ सदस्य शेवकराम आचार्यलाई सम्मान गरिएको थियो।सभाको बन्द सत्रले प्रस्तुत सांगठनिक र आर्थिक प्रतिवेदन सर्वसम्वत पास गरेकाे छ ।
कार्यक्रमको सहजिकरण सचिव कालिबहादुर चौधरीले गर्नु भएको थियाे।