न्यायिक सेवा सुधार्न प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत को जोड



प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ले न्यायकर्मीहरूले सेवाप्रवाह सुधार्न जरुरी रहेको बताउनु भएको  छ। उच्च अदालत तुलसीपुर मा अनुगमनका क्रममा उहाँले सेवामा देखिएको असन्तुष्टिका कारण पनि विगतमा आगजनी जस्ता घटना भएको हुन सक्ने उल्लेख गर्नुभयो।

उहाँले सेवाग्राहीलाई दुःख नहुने, सहज र भरोसायोग्य न्याय प्रणाली निर्माण गर्न न्यायकर्मी सच्चिन आवश्यक रहेको बताउँदै निष्पक्ष न्याय र समयअनुसार सुधारमा जोड दिनुभयो।

देशभर २३ वटा अदालतमा आगलागी हुँदा करिब ९ लाख फाइल नष्ट भएको जानकारी दिँदै फाइल पुनः संकलनमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।

प्रकाशित मिति : २०८२ चैत्र ४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्