कृषिकाे समावेशी रुपान्तरणकाे लागि मूल्य शृङ्खला (VITA) कार्यक्रम अन्तर्गत कृषक र व्यापारी बिच व्यवसाय विस्तार सम्बन्धि अन्तरक्रिया कार्यक्रम दंगीशरण गाउँपालिका-२ कलमखाेला, दाङमा सम्पन्न भएको छ ।
हाम्रो राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे सहकार्य तथा कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालय दाङकाे आयाेजनामा कार्यक्रम सम्पन्न भएको हाे । किसानलाई बजारसम्म जाेड्ने उदेश्यले कार्यक्रम काे आयाेजना गरिएको थियाे ।
हाम्रो राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे सचिव श्री राजेन्द्र घर्तिकाे अध्यक्षता एवम् दंगीशरण गाउँपालिका २ नं.वडा अध्यक्ष श्री डम्बर खत्रीकाे प्रमुख आतिथ्यता तथा कृषि विकास बैंक लिमिटेड प्रदेश निर्देशक श्री बिना शर्माकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हाे ।
साे अवसरमा बाेल्ने बक्ताहरुले कृषकले उत्पादन गरेका वस्तु बजारसम्म जाेड्नका लागि स्थानिय सरकार संगै अन्य निकायले पनि गम्भीर भएर साेच्नुपर्ने बताएका थिय । उत्पादन गर्नुस, ब्यवसायिक बन्नुस भन्नू भन्दा पनि ब्यवसायलाइ बजार संग कसरी जाेड्ने बिषयमा चिन्तित हुनुपर्ने उनिहरुकाे भनाइ थियाे ।
कार्यक्रममा कृषि विकास बैंक लिमिटेडका वरिष्ठ शाखा प्रमुख श्री भेष बहादुर जि.सी, कृषि विकास बैंक लिमिटेड तुलसीपुर शाखा प्रमुख श्री शिव प्रसाद चाैधरी, लेखापाल श्री तेज बहादुर डाँगी, VITA project value supply chain officer श्री रविन रिजाल, गाेपाल प्रसाद पाण्डे, हेफर परियाेजना दंगीशरण गाउँपालिका संयाेजक श्री गाेमा भट्टराई, दंगीशरण गाउँपालिका कृषि विकास शाखा कृषि प्राविधिक श्री मान बहादुर डाँगी, तुलसीपुरमा रहेकाे घिमिरे सप्लार्यसका प्राेपाईटर श्री माधव घिमिरे, भण्डारी तरकारी पसलका प्राेपाईटर श्री हेमलाल भण्डारी, एग्री नेपाल प्रा.लि.तुलसीपुर दाङका प्राेपाईटर श्री माधव के.सी, एग्री ब्रिज प्रा.लि.घाेराही दाङका प्राेपाईटर श्री अन्जल लामिछाने स्थानिय कृषकहरुकाे उपस्थिति रहेको थियाे ।