“नेकपा एमालेका नेता चौधरीद्वारा आन्तरिक एकताका लागि निर्देशन, मिसन-८४ सफल बनाउन सबैलाई एकजुट हुन आग्रह”



नेकपा एमालेका पोलिटब्युरो सदस्य नरुलाल चौधरीले पार्टीलाई आन्तरिक एकता हुने गरि सबै नेता कार्यकर्तालाई काम गर्न निर्देशन दिनुभएको छ । नेकपा एमाले शान्तिनगर गाउँ कमिटीको दोस्रो अधिबेशनको उद्घाटन गर्दै जिल्ला ईन्चार्ज समेत रहनु भएका नेता चौधरीले यस्तो निर्देशन दिनुभएको हो ।

पार्टीले मिसन-८४ लाई सफल पार्न अर्जुनदृष्टिका रुपमा लिएको भन्दै सबै पार्टी नेता कार्यकर्तालाई आन्तरिक एकता आबश्यक रहेको बताउनुभएको हो । पार्टीको आन्तरिक ब्यबस्थापन र मिसन-८४ लाई सफल पार्न सबैलाई एकताबद्ध भएर काम गर्न निर्देशन दिनुभयो ।

जिल्लाका १० वटै पालिकाको अधिबेशन सुरु भएको उल्लेख गर्दै पोलिटब्युरो सदस्य चौधरीले सबै पालिकामा सर्बसम्मत नेतृत्व चयन गरेर मिसनमा लाग्न आग्रह गर्नुभयो ।

एमालेप्रती जनताको आकर्षण बढेको उल्लेख गर्दै पार्टीभित्र महिला, दलित, जनजाती, सिमान्तकृत समुदायमा लोकप्रिय रहेको बताउनुभयो । देशमा अहिले पनि विभिन्न निर्बाचनमा एमाले रोज्ने गरेको बताउदै चौधरीले आकर्षणलाई थप ब्यबस्थित गर्न पार्टी नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्ने नेताहरुले सबैको भिजन र मिसनका रुपमा मिसन-८४ लाई लिनुपर्ने बताएका थिए । मिसन-८४ गित नभएको भन्दै नेताहरुले निर्बाचन मार्फत थप बलियो र शसक्त पार्टीका रुपमा बिकास गर्न आग्रह गरेका थिए ।

भिजन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य भागबत बिश्वासी, निर्बाचन आयोगका सदस्य हिराचन्द्र केसी, लेखा आयोगका सदस्य साबित्रा बिश्वकर्मा, सल्लाहकार सदस्य शारदा स्वर्णकार, राममणी नेपाली, प्रदेश कमिटीका उपसचिव पुर्ण बुढा मगर, सचिबालय सदस्य हुकुमबहादुर बस्नेत, शान्तिनगर ईन्चार्ज तथा प्रदेश कमिटी सदस्य चुर्णबहादुर वली, प्रदेश सदस्य पदम नेपाली, एमाले दाङका अध्यक्ष शिबकुमार आचार्य, उपाध्यक्ष मनोहर बुढाथोकी, सचिब श्याम डाङ्गी, उपसचिव भुबनेश्वर पौडेल, जिल्ला कमिटीका सचिबालय सदस्य, सदस्य तथा शान्तिनगर गाउँ कमिटीका पदाधिकारी, सदस्य तथा सङ्गठित सदस्यहरुको सहभागीता रहेको थियो ।

अधिबेशन उद्घाटन कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य भागबत बिश्वासी, निर्बाचन आयोगका सदस्य हिराचन्द्र केसी, लेखा आयोगका सदस्य साबित्रा बिश्वकर्मा, सल्लाहकार सदस्य शारदा स्वर्णकार, राममणी नेपाली, प्रदेश कमिटीका उपसचिव पुर्ण बुढा मगर, सचिबालय सदस्य हुकुमबहादुर बस्नेत, शान्तिनगर ईन्चार्ज तथा प्रदेश कमिटी सदस्य चुर्णबहादुर वली, एमाले दाङका अध्यक्ष शिबकुमार आचार्य, उपाध्यक्ष मनोहर बुढाथोकी, सचिब श्याम डाङ्गी, उपसचिव भुबनेश्वर पौडेल, सचिबालय सदस्य मेघराज भुषाल, बिष्णु केसीले बोल्नुभएको थियो ।

गाउँ कमिटीका कार्यबाहक अध्यक्ष प्रताप दाहालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपसचिव शान्ती कडेलले स्वागत मन्तब्य राख्नुभएको थियो भने सहजीकरण सचिब टिकाराम रिजालले गर्नुभएको थियो । अधिबेशनले नया नेतृत्व चयन गर्ने छ ।

प्रकाशित मिति : २०८१ भाद्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्