शिव कुमार आचार्यको अध्यक्षतामा ११९ सदस्य जिल्ला कमिटी चयन



नेकपा एमाले दाङको १४ औ जिल्ला अधिवेशनले शिव कुमार आचार्य लाई अध्यक्ष पदमा चयन गरेकाे छ ।  आचार्यको अध्यक्षतामा ११९ सदस्य जिल्ला कमिटी चयन गरेको छ । घोराहीमा सम्पन्न भएको अधिवेशनले सर्वसम्मत रुपमा जिल्ला कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा मनोहर बुढाथोकी, सचिव श्याम डाँगी, उपसचिव भुवनेश्वर पौडेल र सिता चौधरी चयन हुनुभएको छ ।

त्यसैगरी सदस्यहरूमा माधव वली, नवराज लामीछाने, संगीत बस्याल, मोहन पौडेल, रामप्रसाद चालिसे, गणेश आचार्य, सन्तोष वली, तुलसा डाँगी, पुष्पा लामिछाने, गंगा वली खड्का, लगायतका रहनुभएको छ । अधिवेशनमा ७ सय ८८ जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

प्रकाशित मिति : २०८१ जेष्ठ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस्