तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा परि एक घाइते



दाङको तुलसीपुरमा सवारी दुर्घटना हुँदा एक जना घाइते भएका छन् । आज आईतबार करिब ३ बजेतिर तुलसीपुर उपमहानगरपालिका ५ पिपलबोट स्थित विरेन्द्र चोकबाट बसपार्क तर्फ जादै गरेको रा १ प ४५६३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रीत भई पल्टिदा एक जना घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर ५ बस्ने ३३ वर्षिय राम प्रसाद नेपाली रहेका छन् ।

घाइते नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि राप्ती लाईफ केयरमा रिफर गरिएको छ । उनकाे टाउको, ढाड र खुट्टामा चोट लागेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८१ असार ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस्