नेपाल फार्मेशी संघ दाङका नव निर्वाचित पदाधिकारीलाई स्वागत सम्मान



तुलसीपुर बहुप्राविधिक शिक्षालय फार्मेशी संकायकाे आयाेजनामा नेपाल फार्मेशी संघ दाङका नव निर्वाचित पदाधिकारीलाई स्वागत सम्मान कार्यक्रम सम्पन्न भयाे ।

फार्मेशी सङ्कायका सुनिता रसाइलीकाे अध्यक्षता
एवम् तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख एवम् कलेज सञ्चालन समितिका अध्यक्ष टीकाराम खड्काकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथि खड्काले विज्ञताकाे अभावमा बिरामीहरूले औषधी सेवनमासमेत समस्या आएकाे बताउनुभयाे । उहाँले पालिकाले याेग्य जनशक्ति उत्पादन गरेर बजारकाे मागलाई पूरा गर्ने बताउनुभयाे । नगरप्रमुख खड्काले
मेट्राे कलेजका प्रमुख वसन्त आचार्यले कलेजले यश क्षेत्रमा आवश्यक पर्ने फर्माशिष्ट जनशक्ति उत्पादन गरिरहेकाे बताउनुभयाे ।

लुम्बिनी प्रदेश उपाध्यक्ष सुलभ अधिकारी पालिकाभित्र फार्मेशीकाे जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताउनुभयाे । उहाँले नगर फार्मेशीकाे अवधारणा अघि ल्याउनुपर्ने बताउनुभयाे ।

कार्यक्रममा नेपाल फार्मेशी संघ दाङका अध्यक्ष श्यामकुमार गिरी जहाँ  औषधी त्यहाँ फर्माशिष्टकाे अभियान लिएर बिरामीका लागि
,महासचिव दिलकिरण परियार, पत्रकार जीतसागर जि एमलगायतका वक्ताहरूले बाेल्नुभएकाे थियाे ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएकाे बहुप्राविधिक शिक्षालय मेट्राे कलेजकाे फार्मेशी सङ्कायमा सातै प्रदेशका विद्यार्थीहरू अध्ययनरत छन् ।

प्रकाशित मिति : २०८२ असार २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस्