कुपिण्डे दहमा डुवेका युवकको २४ घण्टा पछि शव निकालीयो



पर्यटक तान्दै कुपिण्डे ताल

कुपिण्डे दहमा डुबेका युवकको शब २४ घण्टापछि निकालिएको छ । दहमा मंगलबार दिउँसो साढे १२ बजेतिर डुंगाबाट खसेका कपुरकोट गाउँपालिका वडा नम्बर ६ सिनवाङका अन्दाजी ३६ वर्षका बेदबहादुर बस्नेतको शब बुधबार (आज) दिउँसो साढे १२ बजेतिर निकालिएको हो । सुर्खेतबाट गोताखोरको टोली आएर शब निकालेको हो ।

शबलाई जिल्ला अस्पतालमा पोष्टमार्टमा लागि लगिएको छ । शबको पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

बस्नेतको परिवार सल्यान घर भएपनि तुलसीपर-६ मा बस्दै आएको प्रहरीले जनाएको छ । केहि दिनअघिमात्रै विदेशबाट नेपाल फर्किएका बस्नेत मंगलबार कुपिण्डे दहमा घुम्न गएको परिवारले जनाएको छ ।

प्रकाशित मिति : २०७९ साउन ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस्