दाङमा जुवातास खेल्दै गरेका १२ जना पक्राउ



दाङको घोराही उपमहानगरपालिका–७ सौडियारमा जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ परेका छन्। बिहीबार बिहान साढे १ बजे दिनेश चौधरीको घरमा पैसाको हारजित हुने गरी जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये नेकबहादुर चौधरी, कमल चौधरी, एकराज चौधरी, सिताराम चौधरी, अमिस चौधरी, बिनोद चौधरी, शंकर चौधरी, कालुराम चौधरी, उज्वल चौधरी, सुनिल बिष्ट, बसन्त डिसी र टुकमान बिष्ट रहेका छन्।

जुवाको खालबाट एक लाख ३२ हजार ५८० रुपैयाँ नगद र १४ गड्डी तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८२ कार्तिक ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस्