गुरुकुल भित्र प्रबेश गर्दा साथ समुन्नत मनोरम लाग्छ ः साहित्यकार शर्मा



नेपाल पत्रकार महासंघ दाङका संस्थापक अध्यक्ष तथा साहित्यकार नाराएण प्रसाद शर्माले गुरुकुल एकेडेमी भित्रको शैक्षिक बातावरण निकै राम्रो र मनोरम महसुस हुने बताउनुभएको छ । घोराही उप महानगरपालिका वडा नं. १५ मा रहेको गुरुकुल ऐकेडेमिको कक्षा १०का बिद्यार्थिहरुको दीक्षान्त समारोह कार्यक्रमको उद्घाटन गदै उँहाले यस्तो बताउनुभएको हो । गुरुकुल एकेडेमीको ब्यबस्थापन मात्र नभई शैक्षिक वातावरण पनि निकै समुन्नत तथा मनोरम भएको बताउनुभयो ।

बिद्यालयको नाम गुरुकुल एकेडेमीले नँया तथा पुना अभिभावकलाई समेत लोभ्याउने समेत उँहाले बताउनुभयो गुरुकुल शब्दले पुरानो उच्च संस्कृति अनुशासन निति नैतिकताको आधारमा बृद्धि गर्दै लैजाने पनि बताउनुभयो यसै आधारमा बालबालिकाहरुको मनोविज्ञान बुझेर शिक्षण सिकाई गर्दा सिकाइ उपलब्धि प्रभावकारी हुन सक्ने उँहाले बताउनुभयो। ‘विद्यार्थीहरुलाई दवाब दिएर सिकाइ उपलब्धी हुदैन ’ उँहाले भन्नुभयो। त्यसै अनुसार शिक्षण सिकाइ अगाडि बढाउन शिक्षकहरुलाइ उँहाले आग्रह समेत गर्नुभयो  । विद्यालयका विद्यार्थी सङ्ख्या बढाउनभन्दा पनि गुणस्तरीय शिक्षा दिन विद्यालयहरु लाग्नु पर्ने समेत उँहाले बताउनुभयो ।

शिक्षासँगै विद्यार्थीहरुलाई संस्कार सिकाउन लाग्नु पर्ने भन्दै आगामि दिनमा पनि यसरी अगाडि बढ्नुपर्ने कार्यक्रमका बक्ताहरुले बताएका थिए । विद्यालयका प्रिन्सिपल डा. कृष्णराज डिसिले प्रविधिको प्रयोग गरेर शिक्षण सिकाइ अगाडि बढाइएको बताउनुभयो । पुर्ण मानव श्रृजना गर्ने मुल ध्ययका साथ संचालनमा आएको गुरुकुल एकेडेमिले बिद्यार्थिहरुलाई दिइने शिक्षण सिकाईमा कुनै कमजोरी नहुने बताउनुभएको थियो । साथै कार्यक्रममा उपस्थित सबै अभिभावहरुलाई धन्यबाद समेत प्रदान गनुभएको थियो ।

आज भएको दिक्षान्त कार्यक्रममा कक्षा १० का २४ जना बिद्यार्थिहरुलाई दिक्षान्त गरीएको हो । सो अवशरमा बिद्यार्थिहरुले बिभिन्न नृत्य प्रस्तुत गरेको थिए । कार्यक्रममा गुरुकुल एकेडेमी गणित बिषयका शिक्षक अरबिन्द अधिकारी ,प्लस टु ब्यबस्थापन बिषयका संयोजक डम्बर रावत बिद्यालय संयोजक महेन्द्र पौडेल , नेपाली बिषयका शिक्षक विबेक देबकोटा ,अभिभावक तथा कक्षा १० का बिद्यार्थिहरु प्राप्ति अधिकारी उत्सव पोख्रेल सुधेच्छा पौडेल र दिपेश वलीले मन्तब्य राख्नुभएको थियो ।

विद्यालयका प्रिन्सिपल डां कृष्णराज डिसिको अध्यक्षता तथा विद्यालयका विज्ञान बिषयका  संयोजक भुवन आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण आइएसए संयोजक इन्द्र प्रसाद पोख्रेलले गर्नुभएको थियो । यसैगरी बिद्यालयमा प्लसटु विज्ञान बिषयको बारेमा प्लसटु विज्ञान संयोजक अजय शाहले जानकारी गराउनु भएको थियो । विद्यालयमा अहिले कक्षा १२ सम्म पढाइ हुदै आएको छ । बिद्यालयमा अहिले प्ले ग्रुप देखि कक्षा ९ सम्म सिमित सिटमा भर्ना समेत खुलेको छ ।

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस्