राजाकाेट बहुउद्देश्यीय सहकारी संस्थाकाे एक वर्ष पूरा



दंगीशरण गाउँपालिका वडा नं.२ कलमखाेला दाङमा रहेकाे हाम्राे राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड स्थापना भएको एक वर्ष पूरा भएको छ । सहकारीले एक वर्षको अवधिमा बिबिध कार्यक्रम गरि छाेटाे समयमा फड्काे मार्न सफल भएको छ । कृषकहरुकाे आएआर्जन संग जाेडिएका काम र सामाजिक कामहरुलाइ प्रााथमिक्तामा राखेर सहकारीले कार्यक्रम संचालन गर्दै आएकाे छ ।

संस्थाले हालसम्म प्रारम्भिक साधारणसभा, प्रथम वार्षिक साधारणसभा सम्पन्न सँगसँगै विभिन्न समिति तथा उपसमितिकाे नियमित बैठक लगाएतका कार्य गरिसकेको छ ।

यस्तै वृक्षारोपण कार्यक्रम , शेयर सदस्यहरुलाई हस्पिटल सेवामा छुट हुनेगरी राप्ती लाईफ केयर हस्पिटल सँग सम्झौता , शेयर सदस्यहरुलाई कागती बिरुवा, बेसार बीउ, च्याउ तथा तरकारीकाे बीउ विजन वितरण कार्यक्रम , ४.३०१ जनाकाे नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम , कृषि वन उपज हाटबजार संचालन, हाल पाँचौ पटक हाटबजार सम्पन्न , संस्थाकाे मुख्य व्यवस्थापनमा तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ ।

यस्तै ३२ औं लैंगिक हिंसा विरुद्धकाे १६ दिवसीय अभियान कार्यक्रम , उद्यमशीलता तथा व्यवसायिक क्षमता विकास तालिम, कृषि वन उद्यम सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम , कृषक तथा कृषि वन उद्यम समुहहरुले उत्पादन गरेकाे वस्तुकाे बजारीकरणमा सहजीकरण , सहकारी शिक्षा तथा वित्तीय साक्षरता तालिम , वन तथा कृषि सहज कार्यक्रमकाे प्रत्यक्ष लाभग्राही अनुदान कार्यक्रम प्राप्त लगाएतका उपलब्धिमुलक कार्यक्रम गरेकाे संस्थाले जनाएको छ ।

दंगीशरण गाउँपालिका सहकारी संस्था दर्ता ऐन,२०७५ काे परिच्छेद २ काे दफा ६(१) मा भएको व्यवस्था बमाेजिम मिति २०७९/११/२८ गते गाउँपालिका कार्यक्षेत्र रहि आधिकारिक रुपमा दर्ता भएको थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस्