तुलसीपुर महोत्सव २०८० को उद्धघाटन

विदेश पलायन रोक्ने नीति ल्याउन आवश्यक छ ः उपाध्यक्ष बैद्य


No description available.

नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्यले पछिलो समयमा नेपालका युवा देखि उद्योगी व्यवसायीहरु समेत विदेश पलाएन हुने क्रम बढेको बताउनु भएको छ । तुलसीपुर उद्योग वाणिज्य संघले तुलसीपुरमा सुरु गरेको तुलसीपुर महोत्सव २०८० को उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतीथी समेत रहनुभएका बैद्यले विभिन्न कारणले उद्योगी व्यवसायीहरु विदेश पलाएन हुने र मानशिक रोगको शिकार हुने अवस्था आएको भन्दै अव सरकारले प्रष्ट नीति ल्याउनु आवश्यक रहेको बताउँनुभयोे ।

‘ नेपालमा आर्थिक क्षेत्र चलायमान अझैपनि हुन सकेको छैन् जव सम्म नेपालमा उद्यमसिलताको विकास र उद्योग क्रान्ती हुदैन तव सम्म आर्थिक क्रान्ती सम्भव छ्रन् –बैद्यले भन्नुभयो।’ उहाले प्लसटु पास गरेर विदेश जाने युवाहरु र विदेशबाट नेपाल फर्किएकालाई व्यवसायीक सिप दिई नेपालमै उद्यमसिताको विकास गनु पर्ने बताउनुभयो । ‘अव सरकारले कनिका छरेजस्तो अनुदान बन्द गर्नुपर्छ अहिलेका युवाहरुले खोजेको जस्तो अनुदान दिई यहि उद्योग कलकारखाना र उद्यमशिलताको विकास गर्न तर्फ लाग्नु पर्छ –उहाँले भन्नुभयो ।’ उहाले पछिल्लो समयमा स्थानीय सरकार तथा अन्य व्यक्तिहरुले मेला महोत्सव लाउन लागेको भन्दै त्यो काम उद्योग वाणिज्य संघको भएको बताउनुभयो ।

दाङमा एयरपोर्ट बनाउनेमा कञ्जुस्याइ भएको भन्दै यसमा सम्पूर्ण संघसस्थाहरुले पहल गर्न जरुरी रहेको उहाँले बताउँनुभयो । यस काममा महासघले पहल गर्ने ठाउँमा सहयोग गर्ने प्रतीबद्धता ब्यक्त गर्नुभयो । यस्तै उधौग ब्यवसायि धरापमा पर्ने अवस्था रहेकाले ब्यवसायिहरुलाई चलयमान बनाउन महोत्सवको आयोजना गरेको बताउँनुभयो । महोत्सवले अन्य क्षेत्र स्वास्थ र शिक्षा क्षेत्रमा सहयोग गर्न सहयोग पुग्ने बताउँनुभयो ।

कार्यक्रममा संसाद रेखा शर्माले तुलसीपुरमा आयोजना गरेको महोत्सवले ब्यवसायीहरुलाई आर्थीक रुपमा सहयोग पुग्ने अपेक्षा लिएको बताउँनुभयो । त्यस्तै तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख टिकाराम खड्काले पछिल्लो समयमा आर्थिक संकट बढी रहेको भन्दै आर्थिक क्षेत्रलाई चलायमान गराउन सवै लाग्नुपर्ने बताउनुभयो । उहाले यस्ता मेला महोत्सवहरु आर्थिक रकम भित्याउने किसीमका हुनुपर्ने बातउनुभयो । उहाँले तुलसीपुरमा रहेको एयरपोर्टको विकासका लागि आफुहरु लागेको भन्दै सवैले सहयोग गर्नुपर्ने बताउनुभयो ।

महोत्सव उद्घाटन कार्यक्रममा उद्योग वाणिज्य संघ लुम्विनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद सुवेदी, नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेत, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, तुलसीपुर उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत, दाङ उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष टंक बुढाथोकी, चेम्वर अफ कर्मर्श तुलसीपुरका अध्यक्ष टोपबहादुर घर्तीलगातले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।

महोत्सव मुल आयोजक समितिका संयोजक तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष सुरकृष्ण बैद्यको प्रमुख आतिथ्यमा महोत्सव उद्धघाटन सहजिकरण गरिएको थियो । कार्यक्रमकबाणिज्य संघका सह कोषाध्यक्ष विमल गौतम र वाणिज्य संघका प्रेस सल्लाहकार शरद रेग्मीले गर्नुभएको थियो । उद्धघाटन हुनुअघि तुलसीपुरमा शोभा यात्रा गरिएको थियो । शोभा यात्रामा विभिन्न संघ संस्थाहरुले र¥याली रहित झाँकीहरु प्रस्तुत गरेका थिए । महोत्सव फागुन ८ गते सम्म सञ्चालन हुनेछ ।

No description available.

No description available.

No description available.

प्रकाशित मिति : २०८० माघ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस्