महायज्ञमा दानदाताको संख्या बढ्दै, भक्तजनको घुइचो



No description available.

तुलसीपुर रजौरा कमलपोखरी नजिक सञ्चालन भइरहेको ‘श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ’ २०७९ मा दानदाताहरुको भीड लागेको छ । हालसम्म दुई सय बढीले नगद दान गरेका छन् भने जिन्सी दान गर्नेको संख्या पनि त्यत्तिकै मात्रामा रहेको छ ।

नेपाल मानब धर्म सेवा समिति दाङले महायज्ञको आयोजना गरेको छ । महायत्रबाट संकलन भएको रकमले मानब धर्म सेवा समितिले ब्यबस्थित आश्रम निर्माणको लक्ष्य लिएको छ । हालसम्म सबैभन्दा धेरै बबई ६ टिकुलीगैरा हाल तुलसीपुर ६ रजौरा निबासी बीरबहादुर भण्डारीको परिवारले एक लाख एक हजार एक सय ११ रुपैया दान प्रदान गरेको छ । यस्तै तुलसीपुर ३ निबासी निबासी शिबमाया पुन र गंगाराम थापाले जनही ५० हजार एक सय ५ रुपैयाँ दान गर्नुभएको छ ।

यस्तै बुटवल निबासी ईश्वरी भुर्तेलले १२ हजार ८५५, काठमाडौँ बूल्खु निबासी दिनेशकुमार रोक्काले २२ हजार २२२, काठमाडौँ कालीमाटी निबासी स्वर्गीय भिमसेनबहादुर ढुंगानाले १५ हजार १११, बुढानिलकण्ठ निबासी सागर कटुवालले १५ हजार १११, कालीमाटी निबासी बिबेक सम्राट ढुंगानाको सम्झनामा उहाँको परिवारले १५ हजार १११, कमलपोखरी निबासी हरिगोपाल प्रधानले १५ हजार ५५५, स्व। रीता गुरुङको सम्झनामा सोमराज गुरुङले १५ हजार १११, स्व। धनबीर पुनको सम्झनामा राजकुमार पुनले १५ हजार १११, भवनाथ दुलाल र पबित्रा घिमिरेले १५ हजार १११, तुलसीपुर ३ निबासी जयनारायण भण्डारीले १५ हजार १५५, चन्द्रबहादुर वलीले १५ हजार १५५, ईश्वरी गुरुङले १ हजार ५ रुपैया दान गर्नुभएको छ ।

यस्तै तुलसीपुर ९ निबासी टीका गुरुङले १५ हजार ५०५, तुलसीपुर ३ निबासी बिष्णु कडेलले ११ हजार १०५, तुलसीपुर ९ निबासी जमुनादेबी सिंह केसी र तुलसीपुर ३ निबासी धनबहादुर थापाले जनही १५ हजार ५, तुलसीपुर ३ निबासी रामकली बुढाले ११ हजार १०५, तुलसीपुर १० निबासी शोभा रोका शर्माले १५ हजार १५५, रोल्पा त्रिबेणी निबासी लेखमणी डाँगीले ११ हजार १०५, तुलसीपुर १ निबासी भुपबहादुर भण्डारीले ११ हजार १०५, नेपालगञ्ज निबासी सिर्जना मल्लले ११ हजार १०५, तुलसीपुर १२ निबासी सिता चौधरी र मणीराम चौधरीले ११ हजार १०५, नेपालगञ्ज निबासी गंगा देबकोटाले १५ हजार १५५, तुलसीपुर ९ निबासी नेवबहादुर वली र दिपा वलीले ११ हजार ११५, काठमाडौँ निबासी परशुराम पोखरेलले ११ हजार ५, काठमाडौँ निबासी रञ्जु निरौलाले २१ हजार ५, तुलसीपुर ६ निबासी ओमकार बोहरा र सिता बोहराले ११ हजार १०५, तुलसीपुर ३ निबासी बालाराम गौतम र बसन्ता गौतमले १५ हजार ५५५, तुलसीपुर ८ निबासी मेनुका सापकोटा, सुशीला सापकोटा र ज्योति सापकोटाले सयुक्त रुपमा ३५ हजार २५५, अमेरिकाबाट संगीता थापा मगरले २५ हजार ६२५ र तुलसीपुर ६ मा रहेको दोभान टोल बिकास सस्थाले २६ हजार ५५ दान प्रदान गरेका छन् ।

महायज्ञबाट ५० लाख बढी आर्थिक संकलन गरेर ब्यबस्थित आश्रम निर्माण गर्ने लक्ष्य राखिएको समितिका अध्यक्ष हेमराज भण्डारीले जानकारी दिनुभयो । तुलसीपुर ६ रजौरा ९कमलपोखरी० नजिक २०७५ सालमा नेपाल मानब धर्म सेवा समितिले आश्रम सञ्चालन गरीरहेको छ ।

महायज्ञमा एक रुपैयादेखि पाँच सय रुपैया सहयोग गर्ने दाताले दान पेटिका मार्फत् रकम उपलब्ध गराउने ब्यबस्था गरिएको छ । यस्तै पाँच सय एक रुपैयादेखि एक हजारसम्म सहयोग उपलब्ध गराउने दातालाई नगदि रसिद, एक हजारदेखि पाँच हजारसम्म सहयोग उपलब्ध गराउने दातालाई नगदि रसिद तथा रुद्राक्षको मालासहित अबिर लगाएर सम्मान गर्ने मुल आयोजक समितिले निर्णय गरेको छ ।

यस्तै पाँच हजार एक रुपैयादेखि दश हजारसम्मलाई नगदि रसिद, रुद्राक्षको माला र प्रमाण पत्रले सम्मान गर्ने, एघार हजारदेखि २० हजारसम्मलाई प्रमाण पत्र, शिलालेखमा नाम लेखाउने, नगदि रसिद उपलब्ध गराउने, २० हजार एक रुपैयादेखि ३० हजारसम्मको सहयोग उपलब्ध गराउने दातालाई शिलालेखमा नाम, प्रमाण पत्र, नगदि रसिद दिएर सम्मान गर्ने, ३० हजार एक रुपैयादेखि ५० हजार सहयोग उपलब्ध गराउने दातालाई चादीको फ्रेम, शिलालेखमा नाम लेखाउने र नगदि रसिद उपलब्ध गराउने गरिएको छ ।

यस्तै ५० हजार एक रुपैयादेखि एक लाखसम्म सहयोग उपलब्ध गराउने दातालाई शिलालेखमा नाम, स्वर्ण फ्रेमको प्रमाण पत्र र अबिरमालासहित बजार परिक्रमा गराउने निर्णय भएको महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।

No description available.

प्रकाशित मिति : २०७९ फाल्गुन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस्