लघु बिमा सचेतना कार्यक्रम सम्पन्न



दाङकाे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा लघु जीवन बिमा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएकाे छ । जिल्लाकाे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ काे आयाेजनामा आज बिहीबार  लघु बिमा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएकाे हाे ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष माेहनलाल पाैडेलकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा गार्डियन माइक्राे लाइफ इन्स्योरेन्स लिमेटेड लुम्बिनी प्रदेश प्रमुख बिमल खड्काले बिमा कम्पनीले प्रदान गर्ने सम्पूर्ण सेवा सुबिधाका बारेमा बिस्तृत जानकारी गराउनु भएकाे थियाे ।

कार्यक्रममा वडाकाे लागतमा करिब दुई सय बढीकाे म्यादी लघु जीवन बिमा जारी हुने भएकाे वडाअध्यक्ष पाैडेलले जानकारी दिनुभयाे । साथै आगामी दिनमा बिमा कार्यक्रमलाई निरन्तरता दिने वडाध्यक्ष पाैडेलले बताउनुभयाे।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस्