समाज सुधार समुह बुटनिया र दोभान समुह बुट्टीपुरको सयुक्त बार्षिक साधारणसभा आज सम्पन्न भएको छ । दंगीशरण गाउँपालिका वडा न ७ को बुटनियामा सम्पन्न साधारण सभाले आगामी कार्ययोजनाका बारेमा छलफल गरेको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष एंव कार्यक्रमका प्रमुख अतीथी शम्भु गिरीले महिलाहरुको आर्थीक उन्नतीका लागि गाउँपालिकाले धेरै सीपमुलक कार्यक्रम ल्याएको भन्दै त्यसलाई ब्यवहारमा कार्यान्वयन गर्न आग्रह गरेका थिए । महिलाहरु उधमी बने घरको आर्थीक अवस्था सुधार हुने भन्दै सामाजिक सेवा संगे सामुहिक ब्यवसाय गर्नुपर्न बताउँनुभयो । कार्यक्रममा अध्यक्ष गिरीले समुह हरुको सक्रियताले महिलाको नेतृत्व विकाशका साथै आय आर्जनको पाटोमा टेवा पुर्याएको बताउँनुभयो । साधारणसभामा कार्यपालीका सदस्य सितारा नेपाली , संस्थाका सचिव बालकृष्ण खड्का, समृद्ध समाजका भिष्मा वि.सी. एकता मुल समुह समिती अध्यक्ष नारायणि देवकोटा दोभान समुहका सदस्य कृपाल चौधरी लगाएतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
सो अवसरमा दोभान समुह सदस्य हसन कुमार चौधरीले शुभकामना गित प्रश्तुत गर्नुभएको थियो । समाज सुधार महिला समुहका अध्यक्ष रेमन्त रावतको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सम्भु गिरीको प्रमुख आथित्यतामा साधारणसभा सम्पन्न भएको हो ।
समाज सुधार समुहको प्रतिवेदन सचिव गीरदल रावत र दोभान समुहको प्रतीवेदन सचिव रामकली चौधरीले गर्नुभएको थियो । दोभान समुहका उपाध्यक्ष हिरालाल खड्काको स्वागत मन्तब्य बाट शुरु भएको सभाको शहजीकरण समाज सुधार समुहका दिपक गौतमले गर्नुभएको थियो ।