अनेरास्ववियु दंगीशरण गाउँ कमिटीले आज बुधवार दंगीशरणका दुई सामुदायीक बिधालयमा कमिटि विस्तार गरेको छ । अनेरास्ववियु दंगीशरण गाउँ कमिटिको आयोजनामा दंगीशरण गाउँपालिकामा रहेका सामुदायिक विद्यालय अन्तर्गत श्री विरेन्द्र मा.वि. हेकुली र श्री मा.वि मधपुरमा अनेरास्ववियुले कमिटी विस्तार गरेको हो ।
अनेरास्ववियु गाउँ कमिटीका अध्यक्ष खुसिराम चौधरीको अध्यक्षता एवम् नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा दंगीशरण ईन्चार्ज भागिराम चौधरीको प्रमुख आतिथ्यतामा कमिटी गठन गरिएको हो । जस अन्र्तगत श्री विरेन्द्र मा.वि हेकुलीमा अरुणा चौधरीको अध्यक्षतामा १७ सदस्यीय कमिटि गरिएको छ । जसको उपाध्यक्षमा पिमा डाँगी , सचिव राम बहादुर चौधरी, सहसचिव यम बहादुर वलि , कोषाध्यक्ष सुस्मा परियार रहेका छन् । यस्तैे श्री मा. वि मधपुरमा चेतना कुसारीको अध्यक्षतामा २२ सदस्यीय कमिटि गठन गरिएको छ । जसको उपाध्यक्षमा यमुना वलि , सचिव भुवन केसी, सहसचिव नवीन पुन मगर, सर्मिला कुसारी र कोषाध्यक्ष सीता रहेका छन् ।
सो अवसरमा दंगीशरण इञ्चार्ज एंव कार्यक्रमका प्रमुख अतिथि भागीराम चौधरीले विद्यार्थीहरु राजनीति सँगै आफ्नो क्षमता र नेतृत्व विकासमा सक्रिय हुनुपर्ने आजको आवश्यक्ताको विषय भएको बताउँनुभयो । अध्ययन बाहेक अतिरिक्त क्रियाकलापलाई साथमा लग्न सके आफुलाई फाईदा हुने उहाँको भनाई थियो ।
यस्तै अनेरास्ववियु जिल्ला कमिटी सदस्य तथा दंगीशरण ईन्चार्ज सिएम विश्वकर्माले अव को राजनीती युवाको हातमा हुनुपर्ने भन्दै युवा विद्यार्थीहरु पढाई संगसंगै देशको परिस्थतीलाई मुल्यांकन गर्दै राजनीतिमा पनि सक्रिय रुपमा लाग्न आग्रह गर्नुभयो । वडाको वडा अध्यक्ष र वडा सदस्य युवा विद्यार्थी नै आएमात्रै विकास गर्न सकिने र युवा विद्यार्थी राजनीतिक चेतना सँगसँगै उधमशीलता पाटोमा जोडीनुपर्ने उहाँको भनाई थियो । पढाई संगै रानितिमामा पनि सक्रिय रुपमा लागेका युवा नेता विशवकर्मा आफू स्नातक पास गरेता पनि २ वर्ष अघि तरकारी खेती व्यवसाय गर्दै उदाहरण दिई विद्यार्थीलाई उत्साहित गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य कृष्ण चौधरी , अनेरास्ववियु पुर्व नेता ईश्वरी गौतम , अनेरास्ववियु गाउँ कमिटी कोषाध्यक्ष कुलराज वलि, सदस्य तथा शैक्षिक विभाग प्रमुख सुधा योगी लगाएतले बोलेका थिए ।
यसैबिच अनेरास्ववियु दंगीशरण गाउँ कमिटीले यहि शनिबार ११ बजे पार्टी कार्यालयमा गाउँ कमिटी पदाधिकारी तथा सदस्य, स्कुल कमिटी पदाधिकारीहरुको बैठक बस्ने भएकाले सोहि बैठकमा उपस्थिीका लागि अनुरोध गरेको छ ।