दाङको तुलसीपुरमा नमुना महिला सांसदहरुका लागि विषयगत सवाल विषयमा दुइदिने अभिमुखिकरण कार्यक्रम आज देखि सुरु भएको छ। महिलाहरुको क्षमता अभिबृद्धि संग नेतृत्व गर्न सक्ने शैलीको विकास होस् भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको हो । नमुना सांसद सभामुख सिमा न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा अभिमुखिकरण कार्यक्रमको उद्घाटन गरिएको हो।
कार्यक्रममा मेयर खड्काले संसदीय अभ्यासले महिलाहरुमा नेतृत्व पंक्तिमा आउनलाई सहज हुने बताउँनुभयो । नागरिकका आवश्यकता, समस्या र सामाजिक मुद्दाहरुलाइ कसरी उठान गर्ने, कसरी प्रस्तुत गर्ने भन्ने विषयमा सिकाई हुने बताउनुभयो। संसदमा जनताका समस्यालाई कसरी प्रश्तुत गर्ने, आवश्यकता रउनीहरुको मुद्दामा विषय उठान गर्ने, लिखित र मौखिक रुपमा प्रश्न गर्ने, जवाफ माग्ने र जनताको आवाजलाई सरकारसम्म पुर्याउन संसदको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो। संसदीय मुल्य, मान्यतालाई ख्याल गर्दै यसलाइ गतिशील बनाउनुपर्ने भन्दै सामाजीक आर्थीक राजनीतीक विभेदले समाजमा प्रतीकुल असर के पारेको छ संसदमा यसको बहस हुनुपर्ने बताउनुभयो । संसदिय अभ्यास मार्फत निती विधयक पारीत कसरी गर्ने भन्ने विषयमा आवाज उठ्नुपर्ने बताउँनुभयो ।
सामाजिक बिकास समिति संयाेजक मान बहादुर रावतले २०६२, ०६३ को जनआन्दोलन पछि महिलाहरुमा मुल प्रवाहिकरणमा ल्याउने संबैधानीक निती आएकाले अव राज्यको पुनसंरचना गरेर महिलाहरुलाई उचायृ पुर्याउने र महिलाहरुको भुमिका शसक्त बन्नुपर्ने बताउँनुभयो । यस कार्यक्रमले महिलाहरुको क्षमता अभिवृद्धिमा मदत पुग्ने बताउँनुभयो ।
कार्यक्रममा नमुना महिला सांसद उपसभामुख सुस्मा गिरी लामिछानेले समग्र महिलाका साझा सवालहरु राज्य सम्म कसरी पहुँचमा पुग्न सक्छ , महिलाका समस्या, आवश्यक्ताहरुको सुनुवाई गराउँने सवालमा वहस गर्ने विषयमा भुमिका निर्वाह गर्न कार्यक्रमले सहयोग पुग्ने बताउँनुभयो । यस अभिमुखिकरण मार्फत विभिन्न कारणले पछि परेकार पारिएका, महिला, सीमान्तकृत समुदायका महिलाहरुको पहिचान गर्दै आवाज विहिनहरुका आवाजहरुलाई उठाएर आवाज संवोधन हुने ठाउसम्म पुर्याउन यस अभिमुखिकरणले सहयोग गर्ने बताउँनुभयो। नमुना सांसदले तुलसीपुरका महिलाहरुका आवाज वुलंद गर्ने , बाटो देखाउँने काममा सहयोग पुग्ने बताउँनुभयो ।
नमुना महिला सांसद परिकल्पनाकार तथा न्युसिपिसी अध्यक्ष नवराज लामिछानेले यस नमुना सांसद संजाललाई विस्तृत रुपमा लग्नुपर्ने बताउँनुभयो । महिलाहरुको क्षमता अभिवृद्धि संगै स्थानीय सरकारलाई सहयोग,सहजीकरण र ध्यानाकर्षण गराउने उदेश्यले नमुना महिला सांसद सन गठन गरिएको बताउँनुभयो। महिलाका सवालहरुलाई गहिरो गरि अध्ययन गर्ने कुरामा निखारता आउँनृ बताउँनुभयो ।
दुइदिन सम्म चल्ने अभिमुखिकरण कार्यक्रमको पहिलो दिन मानव अधिकारकर्मि सुशील बस्नेतले महिलाहरुको कानुनी तथा सामाजिक न्याय शान्ति र मानव अधिकारका सवालमा हालको अवस्था,मानव संसाधन विकास र श्रोत ब्यबस्थापनका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
यस्तै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल के.सी.ले महिलाहरूको राजनैतिक तथा सांस्कृतिक पक्षमा भएका प्रयासहरु र सुधार , सूचना , संचार समन्वय र साझेदारी क्षेत्रमा भएका प्रयास र महिलाहरुको अवस्थाका बारेमा प्रशिक्षण दिनुभएको थियो ।
महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठको स्वागत मन्तब्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण योजना शाखाकी अधिकृत कुन्ता भण्डारीले गर्नुभएको थियो। तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा अभिमुखिकरण कार्यक्रम दुईदिन सम्म चल्ने छ ।