
वैदेशिक रोजगारलाई भरपर्दो, सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सामी परियोजनाले पाँच वर्षमा ६० हजार बढीलाई परामर्श गरेको छ । परियोजनाबाट पाँच वर्षमा ६० हजार २८ जनाले परामर्श सेवा लिएका हुन् ।
घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका र बबई गाउँपालिकामा सञ्चालन भएको परियोजनाले विषेश गरेर सामीले वैदेशिक रोजगारमा अलपत्र परेकालाई उद्दार, सुचना, न्यायमा पहुँच, सिप विकास तालिममा सहजीकरण गर्ने, मनोसामाजिक परामर्शका लागि सिफारिस गर्ने र विक्तिय साक्षरताका लागि काम गर्ने गरेको कार्यक्रम संयोजक बसन्ता पुनले जानकारी दिनुभयो ।
उहाँले अहिले प्रयाप्त प्रमाण तथा कागजात नभएको कारण कानुनी सहजीकणमा समस्या आउने गरेको बताउनुभयो । उहाँले पीडक सम्बन्धित जिल्लाको नभएको कारण कानुनी सहजीकणमा समस्या भएको, वैदेशकि रोजगारीमा जाने हतारका कारण सीप तालिम लिनेको संख्या सिमित भएकोले समस्या आउने गरेको बताउनुभयो ।
चिनजानेका व्यक्ति मार्फत वैदेशिक रोजगारीको प्रकृया गर्दा ठगिने संख्या वृद्धि भएको र व्यक्तिगत भिषामा वैदेशिक रोजगारीमा जानेहरुको संख्या अत्यधिक भएकोले वैधानिक प्रकृयामा कठिनाई भएको उहाँले बताउनुभयो ।
प्रदेश व्यवस्थापक पन्चाराम चौधरीले हालसम्म दाङबाट १ लाख २२ हजारले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्विकृती लिएको बताउनुभयो । अहिले पनि युवाहरु इलिगल रुपमा विदेश जाने गरेको पाइएको उहाँले बताउनुभयो । उहाँले यसरी विदेश जाने दुख पाउने र प्रतिबन्धित देशहरुमा पनि जाँदा समस्या हुने गरेको उहाँले बताउनुभयो ।
उहाँले नेपाली युवाहरु विदेश पुगेर भने जस्तो काम नपाएर फर्किएको, ठगिमा परेको, मृत्यु भएको, अंगभंग भएको, बिना गल्ती जेल जिवन बिताउनु परेको, स्वास्थ्य सम्बन्धि समस्या भएको, विदेशमै वेपत्ता हुने, अलपत्र पर्ने र अन्य कारणले विभिन्न समस्यामा पर्ने गरेको बताउनुभयो ।

वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन अन्तरक्रिया गरिएको कार्यक्रममा घोराही उपमहानगर नगर प्रमुख नरुलाल चौधरीले वैदेशिक रोजगार आवश्यकता भन्दा पनि फेसन बन्दै गएको बताउनु भएको छ ।
पछिल्लो समयको विदेश मोहले सम्बन्ध बिच्छेदका घटना बढेको, कोही घरबार बिहिन भएको, कसैले अकालकै मत्युवरण गर्नु परेको, अंगभंग लगायतका घटनाले परिवारका सबै मानिस पिडामा परेको बताउनुभयो ।

उपप्रमुख हुमा डिसीले विदेश पलायन रोक्नका लागि स्थानीय पालिकाले विक्तिय साक्षरता कक्षा सञ्चालन गरेको बताउनुभयो । उहाँले युवा जनशक्तिलाई स्वदेशमै स्वरोजगर बनाउनका लागि विभिन्न सिप सिकाउने कार्यक्रम भइरहेको बताउनुभयो ।

पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले वैदेशिक रोजगारमा जानेलाई रोक्न नसके पनि व्यवस्थित र सुरक्षित बनाउन सकिने बताउनुभयो । उहाँले पत्रकारले वैदेशिक रोजगार सम्बिन्धि जोखिम कम गर्ने, आर्थिक सहायताका लागि जनचेतना फैलाउन, वैदेशिक रोजगार सम्बन्धि सुचनालाई प्राथमिकता दिने लगायतका विषयमा पत्रकारले भुमिका खेल्ने बताउनुभयो

