बढी चिनी सेवनले बालबालिकामा यस्तो प्रकारको समस्या आउँन सक्छ



गुलियो खानेकुराले मात्र हुँदैन मधुमेह – Online Khabar

बच्चाहरुलाई माया र पुरस्कारको नाममा मिठाई, ललिपप, चकलेट,आइसक्रिम, र हल्का पेयहरु किनी दिन्छौं । कतै टाढा गएर फर्कदा या उनले कुनै सफलता हात पार्दा या उनलाई पार्नु पर्दा यसो गछौं । यसो गर्दा वास्तवमा हामीले उनीहरुमा रोगहरुको विजारोपण गरिरहेको हुन्छौं । अधिक चिनी खाने बच्चाहरुले स्वस्थ र पोषणयुक्त खाना ठिक ढंगबाट खाने गर्दैनन् । चिनीयुक्त धेरैजसो खानेकुरामा कमैमात्रामा पोषक तत्व हुन्छन् । चिनी खाने केटाकेटीहको पेट क्यालोरीले भरिन्छ र उनीहरुलृ पोषणयुक्त थप खान सक्दैनन् ।

शरीरका अंगहरु पनि मेसिनका पार्टपुर्जा जस्तै हुन् । जति काम ग¥यो त्यति नै थोत्रिँदैं जान्छन् र ठीकसँग काम गर्न सक्दैनन् । त्यस्तै चिनी बढी खाँदा प्याङक्रीयाज ग्रन्थीले बढी काम गर्नुपर्ने हुन्छ । यसकारण केटाकेटीलाई मधुमेह वा अन्य सम्बन्धित रोगहरु लाग्ने सम्भावना हुन्छ । हामीले सानै उमेरदेखि केटाकेटीको जिब्रोलाई स्वादे बनाउनु हुँदैंन ।

नेपालका राजधानीका गृहणीहरुबीच रजनी जोशीद्वारा गरिएको एक सर्वेक्षण अनुसार ६६ प्रतिशत गृहिणीले मिठो स्वादमा लागि पुरियाबन्दी खाजा बच्चाहरुलाई दिने गरेका छन् ।

ती खाजामा प्रशस्त मात्रामा चिनी र चिल्लो पदार्थ रहेको पाइयो । उनीहरुले हल्का पेय पनि बच्चाहरुको मन पर्ने खाना भनेको पाइयो । हाल नेपालका सहरहरुमा सञ्चालित अधिकांश निजी बिद्यालयहरुले चिनीयुक्त पुरियाबन्दी खाजाको प्रत्यक्ष र अप्रत्यक्षरुपमा बढावा दिने काम गरेका छन् ।

कान पाक्ने समस्या
न्याचुरल प्यारेन्ट नामक पत्रिकाका अनुसार कान पाक्ने समस्या अधिक चिनीको सेवनको कारण पनि हुन्छ । कान पाक्नु भनेको कानको जाली संक्रमण हुनु र फुट्नु पनि हो । चिनीले रोग प्रतिरोध शक्तिलाई दबाउँछ र किटाणुहरुलाई फाइदा पु¥याउँछ ।

अधिक चिनीको सेवनले रगतमा आकस्मिक रुपमा चिनीको मात्रा कम हुने अवस्था गराउन सक्छ । चिनीसँग शरीरले एड्रिनालिन नामक तत्व निष्काशन गरी प्रतिक्रिा जनाउँछ । एड्रिनालिनले रक्तनलीहरुलाई साँघुरो बनाई सुन्नमा कठिनाई उत्पन्न गराउँछ ।

अति चकचके र हिंस्रक
एकपटक न्यूजविक पत्रिकाले जापानमा किशोरहरु अपराधमा संलग्न भएको कारणबारे एक लेख प्रकासित गरेको थियो । शैतान खानाले मलाई यस्तो गर्न लगायो नामक सो लेखले अधिक चिनी भएका पत्रु खाना र हिंसा सम्बन्ध रहेको खुलासा गरेको थियो ।

जापानको इवाते विश्वविद्यालयका अवकास प्राप्त प्राफेसर श्री हिरोसी ओसावाका अनुसार अत्याधिक चिनी तर कम भिटामिन र खनिज भएका खानाले शरीरभित्र डरलाग्दो रसायनिक असन्तुलन ल्याउने भएकाले मानिसको स्वभावमा चकचकेपना बढी हुने गर्छ जसले हिंसा उकास्ने काम गर्छ ।

रगतमा चिनीको मात्रा बढाउँछ
धेरै चिनी खानाले केटाकेटीको रगतमा चिनीको मात्रा बढाउँछ र त्यसलाई सन्तुलनमा ल्याउन शरीरले इन्सुलिन निष्काशन गर्दछ । तर कहिलेकाँही शरीरले आवश्यक भन्दा बढी इन्सुलिन निष्काशन गर्दछ जसले गर्दा रगतमा चिनीको मात्रा घट्छ र केटाकेटीलाई थकित र चिड्चिडा बनाउँछ ।

यस्तो अवस्थामा शरीरल पनि एड्रिनालिन उत्पादन गरी प्रतिक्रिया जनाउँछ र तुरुन्तै केटाकेटीहरु अति सक्रिय र हिंस्रक पनि बन्न सक्छन् ।

प्रकाशित मिति : २०८० भाद्र ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस्