प्रतिष्ठानमा कलेजोमा जम्मा भएको पिपको सफल शल्यकृया



दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजोमा जमेको पिप निकालेर सफल शल्यकृया गरीएको छ । गढवा गाँउपालिका वडा नम्वर ४ गोवरडिहा निवासी ४८ वर्षिय एक जना पुरुषको कलेजोमा जमेको पिप निकालेर सफल शल्यकृया गरीएको हो ।

प्रतिष्ठानका रेडियोलोजिष्ट डा। वम विसि, अर्का रेडियोलोजिष्ट डा।विपिन खनाल, सर्जन डा। आत्मानन्द वर्मा, डा. उत्सव सहीतको चिकिसत्सक, नर्स र स्वास्थ्यकर्मिको टोलिले नचिरेर उच्च नयाँ प्रविधि प्रयोग गरी कलेजोमा जम्मा भएको पिप निकालेर सफल शल्यकृया गरीएको प्रतिष्ठानका कामु अस्पताल निर्देशक डा. रमेश कँडेलले जानकारी दिनुभयो ।

शल्यकृयामा संलग्न चिकित्सक रेडियोलोजिष्ट डा. वमले यसअघि चिरेर मात्रै यस्ता खाले शल्यकृया हुने गरेकोमा हाल रेडियोलोजि अन्तरगत इन्टर भेन्सनल रेडियोलोजि विधीवाट नचिरेर उपचारात्मक सेवा दिन सफल भएको बताउनुभयो ।
विरामी पेट दुखेपछि प्रतिष्ठान उपचारकोक्रममा भर्ना भएका थिए । अर्का रेडियोलोजिष्ट डा. विपिनले भिडियो एक्सरेको सहायतामा विरामीको कलेजोमा पिप जमेको फेला परेपछि प्रतिष्ठानका दुवै जना रेडियोलोजिष्ट, सर्जनसहीतको स्वास्थ्यकर्मि र नर्शको टोलिले नचिरेर सफल शल्यकृया गरेका हुन् ।

 

विरामीको अवस्था सामान्य रहेको र प्रतिष्ठानमा अहिले सामान्यदेखी जटिल खालका साना तथा ठुलो अप्रेसन भइरहेको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले जानकारी दिनुभयो । उहाँले कलेजो, किड्निमा पिप जम्नुका साथै सुन्निएका गरेर हालसम्म ६ वटा सफल शल्यकृया यही विधिवाट गरीएको जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८१ बैशाख ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस्