दङ्गिशरण गाउँपालिकामा थारु समुदायको महान पर्व मघाैटा म्याला २०८० आज शुक्रबारदेखि सुरु भएको छ । थारु भाषा कला व संस्कृति दङ्गिशरणक पहिचान, मघाैटा संस्कृति बचैना हमार अभियान भन्ने मुल नाराका साथ सुरु भएको मघाैटा म्यालाकाे उद्घाटन क्षेत्र नं३ का सांसद पुर्व सिचाइ मन्त्री दिपक गिरिले थारु चलन अनुसार निस्राउ ( उर्दकाे दाल , चामल, नुन ) ढकियामा राखेर माघ म्यालाकाे उद्घाटन गर्नुभएको थियाे ।
उद्घाटन कार्यक्रममा बाेल्दै सांसद गिरिले पश्चिमी मुलुककाे नक्कल नगरी आफनाे रहनसहनमा रमाउने जातियकाे रुपमा स्थापित भएको थारु समुदायकाे उत्थानका लागि लागिपर्ने बताउनुभयाे । आफु जनप्रतिनिधि भइसकेपछि हरेक जनतालाई समान तिरकाले हेर्ने गरेकाे भन्दै सधैं हरेक जनताकाे आवाजलाइ संसदमा बाेल्ने बताउनुभयाे । जनताहरुकाे अभिमतकाे कदर गरेर पश्चिम क्षेत्रकाे विकासका लागि सधैं अगाडि बढ्ने भन्दै जनताका समस्या सधैँ उठान गर्ने बताउनुभयो । सांसद गिरिले दङ्गिशरण राजा सुकाैराकाेटकाे उत्खनन् र संरक्षणका लागि एक कराेड वजेट विनियोजन गरेकाे जानकारी दिनुभयाे ।
कार्यक्रममा बाेल्ने बक्ताहरुले संस्कृतिका नाममा गरिने अनावश्यक खानपिनलाइ सन्तुलनमा राख्न आवश्यक रहेकाे बताएका थिए । सांस्कृतिक नाममा म्याला र महाेत्सव मात्र नभइ थारु जातिकाे पहिचान लिपिवद्द गर्नुपर्ने कुरामा जाेड दिएका थिए ।
साे अवसरमा पुर्व सांसद धमकली चाैधरी, जिल्ला समन्वय समितिका सदस्य टाेप बहादुर चाैधरी, प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, दङ्गिशरण गाउँपालिका प्रवक्ता रमेश भण्डारी , वडा न.२ का वडा अध्यक्ष डम्बर खत्री, ४ का वडा अध्यक्ष कमल थारु, ५ का वडा अध्यक्ष निरज बस्नेत, थारु संस्कृतिकर्मि एकराज चाैधरी, थारु कल्याणकारीणि सभाका चुर्ण बहादुर चाैधरी, नेकपाएमालेका लिख बहादुर चाैधरी, कांग्रेस सभापति गिरिराज न्याेपाने, नेकपा माओबादि अध्यक्ष मनिराम चाैधरी लगाएतले माघ पर्वकाे शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियाे ।
माघि म्यालाकाे आज पहिलाे दिन बैबाङकाे हुर्डुङ्ग्या, कटघाेरी नाच, चखाैराकाे हुर्डुङ्ग्या नाच, पर्सडुवाकाे मघाैटा नाच, हेकुलिकाे सख्या पैँया,मघाैटा नाच, माैलिकाे मघाैटा नाच, सम्टेनिकाे छाेक्रा नाच, सुकाैराकाे मघाैटा नाच, सरुवाडाडा, सिम्ठाना, पाेटली, गाेलटाकुरीकाे मघाैटा नाच, रावतगाउँ गुरि नाच, रहरपुरकाे महाेट्या नाच गरि विभिन्न थारु नाच प्रश्तुत गरिएको थियाे ।
दङ्गिशरण गाउँपालिका कार्यपालिका सदस्य मिना चाैधरीकाे स्वागत मन्तब्य तथा रावत गाउँका थारु कलाकारहरुकाे समराैटि थारु गित बाट सुरु भएको कार्यक्रमकाे सहजिकरण मस्तविर चाैधरीले गर्नुभएको थियाे ।
वडा नं ३ का वडा अध्यक्ष सुकलाल चाैधरीकाे अध्यक्षता तथा गाउँ पालिका अध्यक्ष शम्भु गिरि र उपाध्यक्ष पिमा वली खड्का काे बिशिस्ट आतिथ्मायतामा भएको माघ म्याला भाेली सम्म संचालन हुनेछ ।