आज २०८१ असोज ९ गते काे राशिफल



आज २०८१ साल असोज ९ गते  । सन् २०२४ सेप्टेम्बर २५ तारिख। अष्टमि श्राद्ध। आश्मिन कृष्ण पक्षको अष्टमि तिथि। ज्याैतिषाचार्य तथा वास्तु विद् माधवा शर्माले तयार पार्नुभएको आजको राशिफल

मेष राशि -रोकिएका कार्य पुन: सुचारु होलान् ।नयाँ कार्यमा सहभागि भैएला । हिम्मत वढेर आउला ।

बृष राशि -मनमा उमङ्ग छाउला ।दैनिक कार्यमा प्रगति होला । नयाँ ज्ञान सिक्ने अवसर प्राप्त होला।

मिथुन राशि – स्वास्थ्यमा सजगता अपनाउनु पर्ला ।सामाजीक कार्यमा मन जाला आकस्मिक धन लाभ होला ।

कर्कट राशि -चन्चलता वढ्ला ।धन हानि हुन सक्ला । स्वास्थ्य भने ख्याल राख्नु पर्ला ।सरकारी कार्यमा ढिला सुस्ति होला ।

सिंह राशि -वोलिको प्रभाव वढ्ला । मिष्ठान्न भोजन प्राप्त होला ।शुभ कार्यको चर्चा चल्ला ।

कन्या राशि -दिन प्रेमिल रहला । यात्रामा सरिक भैएला आज नयाँ कार्यको योजना बन्ला ।मित्र मिलनले मनमा हर्ष छाउला ।

तुला राशि – आटेका कार्यवाट लाभ होला ।सामाजीक तथा धार्मिक कार्यमा मन जाला ।दिन प्रेमिल रहला ।

बृश्चिक् राशि – निर्णयात्मक क्षमतामा कमि छाउला ।सामाजीक कार्यप्रति मन खिन्न रहला ।स्वास्थ्य भने ख्याल राख्नु होला ।

धनु राशि – बुद्दिको राम्रो प्रयोग होला । दोहोरो लाभ लिन सकिनेछ । स्वास्थ्यमा भने बिचार पुराउनु होला ।

मकर राशि -अध्यन र अध्यापन क्षेत्रमा रुचि वढ्ला ।सन्तान संगको सम्बन्धमा सुधार आउला ।

कुम्भ राशि -आत्म विश्वास उच्च रहला ।धार्मिक यात्राको योजना बन्ला ।व्यक्तिगत आकर्षण वढ्ला ।मिष्ठान्न भोजन प्राप्त होला ।

मिन राशि -स्वास्थ्यमा खरावि आउला । विवाद बाट वच्नुनै उपर्युक्त रहला ।खर्च वढ्ला | सामाजीक प्रतिष्ठा भने वढ्ला ।

आजको लागि टिप्स वास्तु टिप्स-
दक्षिण मुखि पसलको लागि कता के राख्ने त ?-

-मन्दिर वा भगवान् को फोटो पूर्व उत्तर राख्ने मिल्दै नमिले पश्चिम उत्तर राख्ने ।
-पूर्व उत्तर कुन सके खालि राख्ने नमिले केही हल्का सामान सफा राख्ने ।
-उत्तर दिशामा पिउने पानि राख्ने।
-भारी र गाह्रो सामान दक्षिण हुदै पश्चिम सम्म राख्ने ।
-उत्तर र पूर्वमा हलुका सामान राख्ने ।
-बिजुलि संग सम्बन्धित् उपकरण पूर्व दक्षिणमा राख्ने ।
क्यास बक्स पश्चिम वा दक्षिण वालमा सटाएर पूर्व वा उत्तर फर्केर क्यास वुझ्न मिल्ने गरी वनाउने ।

ज्योतिषाचार्य तथा वास्तु विद् माधवा शर्मा ।सचिव नेपाल ज्योतिष परिषद् लुम्विनी प्रदेश ।
फोनं – ९८४८०६०७९९

प्रकाशित मिति : २०८१ असोज ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस्