किवानिज इन्टरनेशनल नेपालको डिभिजन –५ को अधिवेशन तुलसीपुरमा सम्पन्न भएको छ । अधिबेशनको उदघाटन गर्दै तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खडकाले सामाजिक क्षेत्रमा काम गर्ने संस्थालाई नगरले सक्दो सहयोग गर्ने बताउनु भएको छ ।
किवानिजले सामाजिक सस्थाकाे रुपमा रहेर सहयाेगि मन जाेड्ने काम गरेकोले सामाजिक गतिविधि गर्नका लागि आफनाे तर्फबाट स्वीकृत गर्ने बताउनुभयो । स्थानिय पालिकाले एक्लैले मात्र नभएर सामाजिक संघ सस्थासंग सहकार्य गरेर काम गर्न तयार रहेकाे बताउनुभयो ।
कार्यक्रममा ईन्टरनेशनल बोर्ड अफ ट्रष्टी मोहन लम्साल, डिष्ट्रीक्ट गर्भनर तिर्थ कुमार सिंह, डिष्ट्रीक्ट गभर्नर इलेक्ट कृष्णप्रसाद ज्ञवाली, भाइस गर्भनर डा. रामशरण थपलिया, डिष्ट्रीक्ट ट्रेजर शिव काफ्ले, डिभिजन ६ का ल्युटिनेन्ट गर्भनर रामहरी सुवेदी, रिजन को-अर्डिनेटर चियर भरत प्रसाद ढुङ्गेल, डिभिजन ६ का ल्युटिनेन्ट गर्भनर डेजिग्नेट विकास लम्साल, डिभिजन ५ का पूर्व ल्युटिनेन्ट गर्भनर दिपेश शाही , प्रमोद थापा लगाएतकाले शुभकामना दिनु भएको थियो ।
कार्यक्रमको सहजीकरण डिभिजन ५ का लुम्बिनी प्रदेश सचीव बंशि कुमार शर्माले गर्नुभएको थियाे । लर्ड बुद्ध क्लबका एलेक्ट उपाध्यक्ष नारायणी रजौरेले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
यसैबीच, अन्तराष्ट्रिय संस्था किवानिज अन्तराष्ट्रियको नेपाल डिभिजन ५ को अधिबेशनबाट २०२४/०२५ का लागि एल टि गभर्नरमा भुपाल रावत र एलेक्ट एल टि गभर्नरमा अमनमान श्रेष्ठ निर्वाचित हुनु भएको छ ।
सन् १९१५ मा अमेरिकाको मिचिकन डिट्रेट भन्ने सहरमा स्थापना भएको यो संस्थाले बालबालिकाका क्षेत्रमा परोपकारी सेवा गर्दै आएको सो अन्तर्राष्ट्रिय संस्थाले विशेष गरी नेपालमा बालबालिकाको शिक्षा, स्वास्थ्य र वातारणको क्षेत्रमा मानवीय सेवा गर्दै आएको छ ।
नेपालमा भने सन् २०१५ देखि किवानिज क्लव औपाचारिक रुपमा स्थापना भएको हो । नेपालमा पनि क्लवले विभिन्न विद्यालयमा वालवालिकाको क्षेत्रमा लक्षित विभिन्न कार्य गर्दै आएको छ ।
डिभिजन–५ अन्तर्गत दाङमा ९ , रुपन्देहिमा २ र नवलपरासी मा १ गरि हाल जम्मा १२ वटा किवानिज क्बल रहेका छन् ।