बिजौरी उवासघंको कार्यसमितिले पायो पुर्णता,सदस्य र सल्लाहकारलाई स्वागत–सम्मान



 

बिजौरी उद्योग बाणिज्य सघंको कार्यसमितिले पुर्णता पाएको छ । सघंको विधान अनुसार गत कात्तिक २५ गते कार्यसमितिको बैठक बसी २ जना सदस्य र ३ जना सल्लाहकारहरु मनोनित गरिएको थियो । नयाँ नेतृत्व आएको ४ महिनापछि कार्यसमितिले पुर्णता पाएको सघंका महासचिव दीपक कुमार बस्नेतले जानकारी दिनुभयाे।

यसैबिच मनोनित गरिएका सदस्य तथा सल्लाहकारहरुलाई शनिवार कार्यालयमा एक कार्यक्रमको आयोजना गरि बधाई तथा स्वागत–सम्मान गरिएको छ । सघंका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा मनोनित सदस्यहरु ओमराज सुवेदी,सुनिल डाँगी र सल्लाहकारहरु अम्मर बहादुर खड्का,बिष्णु चौधरी,दुर्गा बस्नेतलाई बधाई तथा स्वागत–सम्मान गरिएको महासचिव बस्नेतले जानकारी दिनुभयाे ।
त्यस अवसरमा बोल्दै बक्ताहरुले   सघंले गर्ने हरेक क्रियाकलापमा कुशलता पुर्बक जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा  भर्खरै सरुवा भएर हेमन्तपुर प्रहरी चौकीमा आएका इन्चार्ज मेघराज डाँगीलाई स्वागत तथा सम्मान गरिएको छ ।
बिजौरी उद्योग वाणिज्य सघंका बाणिज्य उपाध्यक्ष डिल्ली बहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव दीपक कुमार बस्नेतले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : २०८० मङ्सिर ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस्